सुधार गरेर पारित गरियोस् राष्ट्रिय सभामा चिकित्सक विधेयक अगुवाहरूको नामावलीस्

काठमाडौँ, १३ माघ ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक अगुवाले अबको राष्ट्रिय सभा बैठकमा चिकित्सक विधेयक पेश हुँदा डा. केसीसँग सरकारले गरेको सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गरियोस् भनी अपिल गरेको छ।

 

गोविन्द केसी सत्याग्रहमा रहेकैबेला प्रतिनिधि सभाको बैठकबाट जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसक्रममा यस अघि नेपाल सरकारले डा। केसीसँग गरेको सम्झौता उल्लंघन भएकोमा नागरिक अगुवाहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

 

नागरिक समाजले जारी विज्ञप्तिमा भनिएको छ अबको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेश हुँदा डा. केसीसँग सरकारले गरेको सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गरियोस् भनेर नागरिक समाजले अपिल गरेको छ।

 

सरकारले डा. केसीसँग गरेको सम्झौता अनुसार ऐन जारी गरिँदा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन तथा यस अघि जारी भएका अध्यादेशहरू अनुरूप हुने मात्रै नभई त्यसले सरकार  मेडिकल शिक्षाका नियामक निकायहरू तथा अब मेडिकल कलेज खोल्न प्रयासरत पक्षहरूसमेत सबैको हित हुने उनीहरूले बताएका छन् ।

 

अगुवाहरूको नामावलीस्

केदारभक्त माथेमा

सुशीला कार्की

महावीर पुन

अभि सुवेदी

भोजराज पोखरेल

स्वर्णिम वाग्ले

विजय लामा

कृष्ण धरावासी

जयराज आचार्य

दुर्गा सुवेदी

कपिल श्रेष्ठ

मन प्रसाद वाग्ले

भैरव रिसाल

डा रामेश कोइराला

वीरेन्द्र कुमार मिश्र

रवीन्द्र सिंह वानियाँ

यादव खरेल

गोविन्द राज पोखरेल

प्रत्युष वन्त

शेखर खरेल

राम कुमार भण्डारी

फडिन्द्र लुईटेल

दिनेश प्रसाइँ

सावित्री श्रेष्ठ

गीता रसाइली

देवी सुनुवार

गोपाल साह