३४ दिन अघिदेखि बेपत्ता बालक मृत भेटिए

बझाङ, माघ १४ । घरबाट हराएका बालक ३४ दिनपछि मृत अवस्थामा फेला परेका छन् । खप्तड छान्ना गाउँपालिका–६ पुजारीगाउँका तेजबहादुर खड्काका १४ वर्षीय छोरा शक्ति खड्का पुस ९ गते सोमबार बाट बेपत्ता भएका थिए ।

घरबाट बेपत्ता भएको ३४ दिनपछि तमैल बजार नजिकै मृत अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता भएका खड्काको खोजी कार्यका लागि स्थानीय र प्रहरी सक्रिय थिए । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको बालकका दाजु सन्तोष खड्काले बताए ।

बालक सुस्तमनस्थितीका थिए । बालकको के कति कारणले मृत्यु भएको हो भन्ने जानकारी नभएको र अनुसन्धान जारि रहेको प्रहरीको भनाइ छ ।