पाइल्स कस्तो खाले रोग हो ? मानिसमा किन पाइल्स हुने गर्छ ? समस्या,लक्षण,सावधानी देखी घरेलु उपचारबारे जानकारी लिनुहोस

घ्यू कुमारीलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव शरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्ले मानव स्वास्थ्यमा निकै नै फाइदा पुर्याउने गर्दछ ।

 

घ्यु कुमारीको गुदी पाइल्स रोगीका लागि निकै नै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३(४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान(बेलुका खाँदा पनि पाइल्स रोगीकालागि निकै फाइदाजनक हुन्छ ।

 

पाइल्स का रोगीले तारेको(भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त ९फाइबर० खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

 

यस्ता छन घ्यु कुमारीका फाइदाहरु

१ .घ्यु कुमारीमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन हुन्छ । जस्ले रगतको कमी हटाएर रोग(प्रतिरोधक क्षमता बढाउँदछ

२ . घ्यु कुमारीको काँडादार पातलाई ताछेर यस्को रस निकाल्ने गरिन्छ । ३(४ चम्मच रस विहान खालिपेटमा लिनाले दिनभर शरीरमा चुस्ती फूर्ती रहन्छ ।

३ . घ्यु कुमारीको जुस पिउनाले कब्जियत रहन्न ।

४. घ्यु कुमारीको जुस मेहंदीमा मिलाएर लगाउँनाले कपाल चमकदार र स्वस्थ हुन्छ ।

५ . घ्यु कुमारीको जुस पिउँनाले शरीरमा सुगरको स्तर उचित रुपमा रहने गर्दछ ।

६ . घ्यु कुमारीको जुसको सेवनले बवासीर, डायबिटीज, गर्भाशय को रोग तथा पेटको विकारलाई हटाउँने गर्दछ ।

७ . घ्यु कुमारीको जुस पिउनाले छालाको खरावबी, मुहांसे, रूखी त्वचा, धुपबाट डडेको छाला, झुर्रियां, अनुहारको दाग धब्बा, आखाँको कालो घेरा हट्दछ ।

८  . घ्यु कुमारी कोजुस पीउनाले मच्छडले टोकेर फैलने इन्फेक्शन कम हुन्छ ।

९ . घ्यु कुमारीको जुसले रगत प्यूरीफाई गर्दछ । साथमा हीमोग्लोबिनको कमी पनि पुरा गर्दछ ।

१० . शरीरमा ह्वाईट ब्लड सेल्सको संख्या बढाउँदछ ।

११ . घ्यु कुमारी को जुसले छालालाई नरम र स्वस्थ्य बनाएर राख्दछ । यस्ले स्किनको कोलेजन तथा लचीलेपनलाई बढाएर स्किनलाई जवान र तन्दुरुस्त राख्दछ ।

१२ . घ्यु कुमारीको जुसको नियमित सेवनले छालाको भित्रीभाग मजबुत हुने गर्दछ ।

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।

 

जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आर्युवेदलगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ ।

 

कति प्रकारका हुन्छन् ?

यसलाई विभिन्न श्रेणीमा राखिएको छ ।

१ . शिराहरु सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर, बाहिर नआउने ।

२ . सुन्निएका नसाहरु मल त्याग गर्दा बाहिर आउने, दिसा गरिसकेपछि पुन आफ्नै स्थानमा जाने ।

३ . शिराहरुको डल्लो बाहिर आउने र आफैं यथास्थानमा नजाने ।

४ . सुन्निएको नशाका डल्लाहरु निरन्तर मलद्वार बाहिर नै रहने ।

पायल्स भएको कसरी थाहा पाउने ?

 

दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा खलास नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

 

किन हुन्छ ?

कब्जियत नै यसको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वार भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन ।

 

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ । यस्तो अस्वस्थ्यकर खानेकुरा खाने तर, पर्याप्त पानी नपिउने, व्यायाम नगर्ने, फाइबरयुक्त खानेकुरा, फलफूल सेवन नगर्ने बानीले कब्जियत निम्त्याउँछ । कब्जियतले पायल्स ।

 

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ ।

 

त्यस्तै, दिसा रोक्ने बानी अर्को कारण हो । दिसाको वेगलाई रोक्ने बानीले कब्जियतको समस्या ल्याउँछ । गहु्रंगो भारी उचाल्ने, पेटको समस्या भएका, गर्भवती र गर्भपात गर्नेहरु, मोटोपन भएका, गुदा मैथुन गर्नेहरुमा यो समस्या देखापर्न सक्छ ।

 

के गर्ने त ?

सुरुमा त रोग लाग्न नदिनु नै उत्तम हो, जसका लागि खानपान र जीवनशैली बदल्नुपर्छ । स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या आउँदैन ।

 

पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधी अपनाउनु पर्छ । सामन्य स्थितीमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ । योग, आर्युवेद, प्राकृतिक चिकित्सा आदिबाट पनि पायल्सको निदान खोज्न सकिन्छ ।

 

पेटको सरसफाईमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वस्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्ता बानीले पायल्सबाट छुटकारा पाउन सकिन्छ ।

 

के नखाने ?

यस्तो खानेकुरा सेवन नगर्ने जसले पेटलाई भद्दा बनाउँछ । पाचन यन्त्रमा समस्या ल्याउँछ । जस्तो कि, बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रिंक आदिको सेवन नगर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ । सकेसम्म अन्न नखाएकै राम्रो हुन्छ ।

 

के खाने ?

सुपाच्य खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा जस्तो कि, हरियो सागपात, सलाद आदि पर्याप्त मात्रामा लिने । ताजा फलफूलको सेवन गर्ने । पर्याप्त पानी पिउने । दाल पिउने । मकै, गहुँ, फापरको रोटी आदि उपयोगी हुन्छ ।

 

प्राकृतिक विधी के छ रु?

– नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन ।
– यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधी हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ ।
– रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ ।
– रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ ।
– दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ ।
– मिठो मसिनो भन्दा खस्रो(मोटो खानेकुरा सेवन गरौं । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।

घरेलु विधी के छ ?

 

पायल्सको समस्या घरेलु विधीबाट पनि हटाउन सकिन्छ । यसका लागि खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ । पायल्समा के खाने, के नखाने भन्ने कुराले ठूलो अर्थ राख्छ । जथाभावी खाने, जस्तोसुकै खाने बानीले पायल्सको संभावना बढाउँछ ।

गलत खानपान, पुग्दो पानी नपिउने जस्ता बानीले कब्जियत हुन्छ । यस्तो अवस्थामा दिसा गर्दा बल गर्नुपर्ने हुन्छ । पछि त्यसैले पायल्सको संभावना बढाउँछ ।

 

– पायल्सको रोगीले कब्जियत हुन नदिन फाइबरयुक्त, झोलिलो खानेकुरा खानुपर्छ ।
– तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या निम्त्याउँछ ।
– पायल्स रोगीको लागि मुलाको रस निकै उपयोगी हुन्छ ।
– कागती पानीको सेवनले पायल्समा राहात दिन्छ ।
– पायल्सको कारण मलद्वारमा दुख्ने, पोल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ ।
– बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ ।

 

किन हुन्छ पाइल्स ?

तपाईं हामीले सुनेको अनि कतिले वर्षौदेखि भोग्दै आएको समस्या हो, पाइल्स । यसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । यो प्राइमरी र सेकेन्डरी गरी २ प्रकारको हुन्छ । यसको मुख्य कारण नै कब्जियत हो । मानिसको दिसा गर्ने ठाउँ वरिपरि रहेका रक्तनशा विविध कारणबाट सुन्निने अवस्थालाई ‘हेमोरोइड’ भनिन्छ । साधारणतया ती रक्तनशाले दिसा गर्ने प्रक्रियालाई सघाउ पु¥याइरहेका हुन्छन्।

 

ठूलो आन्द्राको अन्तिम भागको रुपमा रहेको मलद्वारको भित्तामा अशुद्ध रगत भएका स–साना रक्तनली हुन्छन् । यी नली मलद्वारको भित्री तहमा रहेका हुन्छन् । लगातार कब्जियत भइरहनु, दिसा गर्दा कन्नुपर्ने हुनु, आउँ पर्नु, धेरै पखाला लाग्नु, खानपिनमा रेसादार खानाको कमी, पानीको सेवनमा कमी, बढी मात्रामा रक्सी, मासु, चुरोटको सेवन आदिका कारण यी रक्तनलीमा तनाव उत्पन्न हुन्छ । त्यसपछि रक्तनली सुन्निन्छन् । यो अवस्था धेरै समयसम्म रहिरयो भने तिनीहरू फुट्छन् र दिसा गर्दा रगत देखा पर्दछ।

 

पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रमुख लक्षण दिसा गर्दा रगत आउनु हो । यसरी आएको रगत स्वच्छ, ताजा, चम्किलो, रातो रंगको हुन्छ र यस्तो अवस्थामा दुख्दैन । दिसा गर्दा अन्त्यतिर थोपा–थोपा भएर आउने गर्छ । दिसा कडा भएको बेलामा मलद्वार दुख्छ तर रगत आएको बेला कुनै पनि प्रकारको पीडा नहुनु नै यसको प्रमुख लक्षण हो । यसका साथै मलद्वारमा मासुको डल्लो भएको जस्तो अनुभव हुनु, मलद्वार भिजेको हुनु, चिलाउनुजस्ता लक्षण पनि देखा पर्छन् । कहिलेकाहीँ मलद्वारमा संक्रमण भएमा पीडा पनि हुने गर्छ । यो समस्या धेरै समयसम्म रहिरहेमा रक्तअल्पता पनि हुने गर्छ।

 

पाइल्समा ४ अवस्थामा रगत आउने हुन्छ । रगत मात्र आयो भने यसलाई पहिलो अवस्था भनिन्छ । मलद्वारमा रहेको गाँठो केहीँ तल आयो भने दोस्रो, रगत देखिनुका साथै बाहिर आउने र दिसा भैसकेपछि पुनः भित्र जान्छ भने तेस्रो अवस्था र बाहिर नै रहिरहने छ भने त्यसलाई चौथो अवस्था भनिन्छ । चौथो अवस्था केही जटिल अवस्था हो । यसमा बाहिर निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र छिराउन सकिदैँन । हेमोरोइडमा दुखाई नभएपनि बाहिरी हेमोरोइड भने चिलाउने र दुख्ने हुन्छ।

 

पाइल्स एक साधारण समस्या हो भनेर हेलचेक्र्याईँ गरेको खण्डमा बिरामीले विभिन्न कष्टदायक समस्या भोग्नुपर्ने हुन सक्छ । रक्तनली च्यापिनाले असह्य पीडा हुन्छ र नलीहरू कडा भएर रक्तसञ्चार रोकिनाले घाउ बन्न पनि सक्छ । त्यसैले सुरुकै अवस्थामा चिकित्सककहाँ गएर उपचार गराउनु उचित हुन्छ । सुरुकै अवस्थामा भयो भने एन्टिबायोटिक, सिज वाथजस्ता उपचार विधि अपनाउनु पर्छ।

 

सिज बाथ पाइल्समा प्रारम्भिक उपचार प्रक्रिया हो । यसमा एउटा बाटामा मनतातो पानी राखेर त्यसमा केही मिनेटसम्म बस्नुपर्दछ । सिज बाथले हेमोरोइडलाई छिटो निको पार्न मद्दत गर्दछ । मनतातो पानीले रक्त सञ्चालन प्रक्रियालाई सामान्य बनाएर सुन्निएको भागलाई राहत दिन्छ । यसरी सुरुको अवस्थाबाट सुधार गर्दै लानुपर्छ । यदि बाहिर निस्किएको छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । सुरुको अवस्थामा शल्यक्रिया गर्नुपर्दैन । पाइल्स भयो भन्दैमा शल्यक्रिया नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो।

 

हेमोरोइडबाट जोगिन दिसालाई नरम बनाउने उपाय अवलम्बन गर्नुका साथै जीवनशैलीमा परिवर्तन ल्याउन जरूरी हुन्छ । जसमा सजिलै पच्ने खानेकुरा हरियो सागपात, फलफुल, रेसादार खाना, पानी तथा झोलपदार्थ प्रशस्त सेवन गर्नुपर्छ । त्यसैगरी माछामासु र रक्सीको सेवन बन्द गर्नुपर्छ । विशेष गरेर कब्जियत हुने र दिसा कडा पार्ने खालको खानाबाट बच्नु नै यसको बच्ने प्रमुख उपाय हो।

समयमै उपचार गरे निको हुन्छ पाइल्स

तपाईँलाई दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कनेजस्ता समस्या छ भने पाइल्स ९अर्ब वा बबासिर० भए को हुन सक्छ ।

आजकाल बढ्दै गएको व्यस्तता र अन्य विभिन्न कारणले लामो समयसम्म दिसा रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा पाइल्स हुने खतरा बढाउने चिकित्सकको भनाइ छ ।

 

यो रोगको समयमै उपचार गरेको खण्डमा निको हुन्छ । तर समयमा नै उपचार नगरिए यसले निकै दुःख दिने चिकित्सक बताउँछन् । आयुर्वेद चिकित्सक डा। हरिशरण अर्याल सामान्यतया पाइल्स चार चरणको हुने बताउनुहुन्छ ।

 

पहिलो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाइ भने हुने गर्छ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिबाट निको पार्न सकिन्छ ।

 

दोस्रो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र पछि आफँै भित्र जान्छ । यसका साथै दुख्ने र रगत आउने
समस्या हुन्छ । यो अवस्थामा लामो समय औषधि सेवन गरी निको पार्न सकिने उहाँको भनाइ छ ।

 

तेस्रो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ, आफैँ भित्र जाँदैन । यस्तो अवस्थामा औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यो अवस्थामा पुगेको पाइल्सलाई औषधिले निको नहुने भएकाले शल्यक्रियाबाट नै उपचार गर्नुपर्ने डा। अर्याल बताउनुहुन्छ ।

 

चौथो चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ । साथै, अत्यधिक दुखाइ र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थालेर र सङ्क्रमण सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्युसम्म हुने खतरा रहन्छ ।

 

उहाँले यो रोग एकदेखि दुईप्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको बताउँदै शल्यक्रिया गरेका बिरामीमा ३० देखि ४० प्रतिशतमा दोहोरिने बताउनुभयो । समयमै उपचार गरेमा पाइल्सबाट मुक्त हुन सकिने चिकित्सकको अनुभव छ ।

 

तर यस्तो समस्या भएका बिरामीले दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरीच, पिरो खानेकुरा नखाने र माछामासु कम खाने, हरियो सागपात अनि फलफूल दैनिकजसो खाने, दिनमा तीनदेखि पाँच लिटरसम्म पानी पिउने गर्दा लाभ मिल्ने डा। अर्यालको सुझाव छ । यस्तो समस्या भएमा समयमै चिकित्सक कहाँ गई उपचार गराउने पनि गर्नुपर्छ ।