पुनर्बासबाट १८ किलो सुन बरामद

धनगढी, फागुन २ । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

 

सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइदैछ ।