आज मिति २०७५ साल फागुन ४ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

रुपैया पैसा तथा धन सम्पतिको राम्रो सँग व्याबस्थापन गर्नुहोला हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा समस्याहरु टार्न अलि गाह्रो भएको महशुष हुँनेछ । जीवनसाथिसँय असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुँने हुँदा मन प्रशन्न रहनेछ । परिवारबाट तपाईको काममा पुर्ण समर्थन प्राप्त हुँने हुँदा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लगि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अगाडि तपाईको नाम आउँनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

अदालत तथा न्यायिक निकायबाट हुँने निर्णयहरु तपाईको बिपक्षमा आउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरु सँग घरायसि कुरामा राय बाजिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।