आज मिति २०७५ साल फागुन ७ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभहुँने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्तको साथ नरहन सक्छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । दाजुभाईको साथ पाईने हुनाले कामहरु समयमा सम्पादन हुनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

आफन्त तथा सहयोगिको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउँनेछ । आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि बढाउँने समय रहेकोछैन भने बिदेशमा उत्पादन भएका सामानको व्यापार फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ । बिहानको समय राम्रो रहेकोले शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । बिहानको समय राम्रो रहेकोले आफन्त सँग मनमुटब बढ्ने योेग रहेकोछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । चेलि तथा माईति बिचको सम्बन्धमा दुरि बढ्ने योग रहेकोछ । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जानेछ । उपाहार तथा भौतिक सम्पति प्राप्त हुने योग रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरिको योग रहेकोछ । प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावि हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ ।