आज मिति २०७५ साल फागुन ९ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुँने तथा पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुँनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

पढाई लेखाई अरु दिन भन्दा सुध्रियर जानेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर बिहानको समय मध्ययमरहेकोले खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

कर्कटही,हू,हे,हो,डा,डी,डु,डे,डो

दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । छोटो दुरिको रमाईलो यात्राको तय हुँनेछ । पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउँनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउँनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजनका साथ रमाउँन सकिनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । बिहानको समय मध्ययम रहेकोले अस्थिरता बढ्न सक्छ ध्यान दिनुहोला ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले बिदेश यात्राको गतिलो योग रहेकोछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउँन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । बिहानको समय उत्तम रहेकोले व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुँनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुँनाले काम गर्न थप सहज हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुँनाले गुरुवर्गहरु खुसि हुँनेछन् । सरकारि धन तथा पैतृक धन सम्पति हात लाग्ने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले व्यापारमा कमि आउँनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने तथा अध्ययनमा सुधार भएर जानेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुसि हुँनेछन् । व्यावसायमा भनेजस्तो आम्दानि हुँने हुँनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट समारात्मक नतिजा आउँनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने हुँनाले खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँ पनको बिकास गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेको छ भने माया प्रेममा आत्मियताको बृद्धि हुँनेछ । मध्यान्हबाट मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुँनाले घर परिवारमा घुसियालि छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ ।