सुन तस्करको सञ्जाल ध्वस्त पार्‍यौ, सिन्डिकेट अन्त्य भयो : गृहमन्त्री थापा

काठमाडौँ, फागुन ९ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न राज्य सफल भएको दावी गरेका छन् । बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सुन तस्करहरुलाई कारबाही हुने दावी समेत गरे ।

 

‘राज्य सुन तस्करको सञ्जाल ध्वस्त बनाउन सफल भएको छ’,उनले भने, ‘अब तस्करलाई कारबाही हुन्छ ।’ गृहमन्त्री थापाले सिन्डकेटको अन्त्य भइसकेको दावी गरेका छन् ।

 

सरकारले सिन्डीकेट अन्त्यका लागि पहल सुरु गरे पनि त्यसलाई निष्कर्षमा पुयाउने बेला सरकार पछाडि हटेको भन्ने सांसदहरुको आरोमा उनले भने, ‘सिन्डीकेटको अन्त्य भइसेको छ, यो अब फर्कने अवस्था छैन ।’

 

गृहमन्त्री थापाले राज्यले सबै प्रकारका सिन्डिकेट अन्त्यका लागि लागि परेको बताउँदै छिट्टै कानून नै बनाएर सिन्डीकेटको अन्त्य गर्ने बताए ।गृहमन्त्री थापाले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दावी गरेका छन् ।