भारत-पाकिस्तानबीच तनाव बढेसँगै भारतले अहिले नेपालका सीमा क्षेत्रमा सुरक्षा कडाइ

काठमाडौं। भारत प्रशारित जम्मू-कश्मिरको पुलवा जिल्लामा फेबरुअरी १४ मा भएको आतकंवादी आक्रमणपछि भारत-पाकिस्तानबीच सम्बन्धमा दरार सृजना भएको बेला, भारतले अहिले नेपालका सिमा क्षेत्रमा सुरक्षा कडाई गरेको छ ।

कपिलवस्तुको भारतीय सीमा क्षेत्र मर्यादपुर, कृष्णनगर, चाकरचौडा लगायतका सीमा नाकाहरुमा अहिले भारतीय चेकजांचमा कडाइ गरिएको हो । सीमावर्ती भारतीय नाका सुनौलीबाट हुन सक्ने घुसपैठ, आतंकवादी क्रियाकलाप हुनसक्ने भन्दै भारतको खुफिया एजेन्सी रअ, इन्टिलिजेन्स ब्युरो (आइबी), स्पेशल टाक्स फोर्स (एसटिएफ), लोकल इन्टिलिजेन्स युनिट (एलआइयू), सीमा सुरक्षा बल (एसएसबी) लगायतका सम्पूर्ण युनिट सीमा नाकामा सक्रिय छन् । खुला सीमाना भएका कारण सीमा नाकाबाट घुसपैठ हुन सक्ने भन्दै भारतीय सुरक्षाकर्मीहरुले सीमा क्षेत्रको निगरानी बढाएका हुन् ।

 

भारतको सुरक्षा संवेदनशीलतालाई नेपाली सुरक्षाकर्मीले पनि सघाउ गर्दै आएका छन् । सीमा क्षेत्रमा भारतीय प्रहरी र सीमा सुरक्षा बल ‘एसएसवी’ले संयुक्त रुपमा चेकजांच गरिरहेका छन् । सुरक्षाकर्मीले सुनौली नाका हुँदै नेपालबाट भारततर्फ जाने हरेक पैदलयात्रु, सवारी साधन, पर्यटक बस र तथा मालवहाक ट्रकमा पनि सुरक्षा जाँच कडा बनाएका छन् । सीमामा परिचालन हुने ‘एसएसवी’को संख्या बढाइएको छ ।

 

साथै हरेक २ सय मिटर दूरीको फरकमा सिमाना हेर्ने गरी सुरक्षाकर्मीको परिचालन गरिएको छ । चेकजाँचले सीमा क्षेत्रमा हुने अपराधलाईलाई नियन्त्रण गरी नेपाल तर्फपनि शान्ति सुरक्षा कायम गर्न पनि सघाउन पुग्ने अपेक्षा गरिएको छ बुधबार पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय एयरफोर्सका विंग कमाण्डर पाइलट अभिनन्दन बर्तमानलाई रिहा गरेपछि पाकिस्तानी प्रधानमन्त्री इमरानखानको अहिले संसारभर तारिफ भएको छ ।