नेप्सेमा गिरावट, यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं, फागुन १९ । साताको पहिलो दिन आइतबारको नेप्से परिसूचक ४ दशमलव ९५ अंकले घटेर १ हजार १ सय दशमवल ५८ अंकमा झरेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९२ अंकले घटेर २ सय ३३ दशलमव ८८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

 

करिब ५ अंकले घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बाँकी कम्पनीको एक करोडभन्दा कम रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

बजारमा कुल १७४ कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल ४ हजार ८०४ वटा कारोबारमा ८ लाख ७३ हजार ४९५ कित्ता सेयर बिक्री भएका छन् ।

 

त्यस्तै, निर्जीवन बीमा र होटल समूह क्रमशः ५३ दशमलव ०८ र ४ दशमलव २३ अंकले हरिया भएका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २७ अंकले घटेको छ ।

सर्वाधिक कमाउने कम्पनी

त्यस्तै यस दिन ५ दशमलव ८४ प्रतिशतले बढेर सर्वाधिक कमाउनेमा भार्गब विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । सानिमा माइ हाइड्रो पावर कम्पनी २ दशमलव ७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले २ दशमदव २० प्रतिशतले कमाएका छन् ।

सर्वाधिक गुमाउने कम्पनी

यसैगरी ८ दशमलव ६९ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । कृषि विकास बैंक ६ दशमलव ४१, आँखु खोला जलविद्युत् कम्पनी ५ दशमलव ८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४ दशमलव ७४, जोशी हाइड्रो पावरका शेयरधनीले ४ दशमलव ५४ प्रतिशतले गुमाएका छन् ।