खोखो र कबड्डीमा नवलपुरलाई तीन स्वर्ण

   

     रामकुमार श्रेष्ठ

नवलपरासी, फागुन २१ ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको प्रदेश स्तरीय छनौट खेलमा नवलपुर जिल्लाले खोखो र कबड्डीमा गरी ३ स्वर्ण जितेको छ ।

खोखो खेलमा महिला पुरुष दुवैतर्फ प्रथम स्थान हासिल गरेको हो भने मंगलबार भएको कबड्डी पुरुषमा नवलपुर विजयी भएको छ ।पुरुष तर्फको कबड्डीको फाइनलमा नवलपुरले कास्कीलाई पराजित गरेको हो ।

 

त्यसैगरी खोखो खेलमा महिला तर्फ कास्की दोस्रो भएको छ भने पुरुषतर्फ गोरखा दोस्रो र कास्की तेस्रो भएको छ ।नवलपुरको कावासोतीमा रहेको जीवन ज्योति माविमा खेल भएको हो । कबड्डी र खोखोको छनौटको मंगलबार समापन गरिएको छ ।

 

कबड्डीमा महिलातर्फ कास्की प्रथम भएको छ भने म्याग्दी दोस्रो र नवलपुर जिल्ला तेस्रो भएको छ ।विजयी खेलाडीहरुलाई मंगलबार पश्चिमाञ्चल क्षेत्रीय खुलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।