राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले फेरि लापरवाही गरेका छन् ? फेललाई पास–पासलाई फेल

काठमाडौं,फागुन २४।राष्ट्रिय परीक्षा बोर्ड काठमाडौंको पटक–पटकको गल्तीको कारण व्याचलर पढ्दै गरेका महेन्द्रनगरका दीपक पाल पुनः प्लस टु को परीक्षा दिनु पर्ने समस्यामा परेका छन् । २०७४ सालमा महेन्द्रनगर स्थित लि टिल बुद्ध एकेडेमीबाट व्यवस्थापन संकायमा प्लस टु पास भएका उनि अहिले काठमाडौंमा व्याचलर इन सोसियल वोर्क गर्दै छन् । तर केही दिन अघि उनले पाएको सुचनाले उनी निकै तनावमा छन् ।उनले १२ कक्षाको परीक्षा दिने बेला कन्या विद्यालयमा केन्द्र परे को थियो ।

पहिलो दिन उनी सहित ७ जना विद्यार्थीको सिम्बोल राष्ट्रिय परीक्षा बोर्ड नम्बर गलत परेकाले केन्द्र र कलेजले चिठि लेखेर मिलाउने भन्दै परीक्षा दिन लगाए । र अर्को दिनबाट सच्चिएकै सिम्बोल नम्बरमा परीक्षा दिए । रिजल्टमा पास आयो ।अहिले राष्ट्रिय परीक्षा बोर्डले पास भएको सर्टिफिकेट दिइसकेपछि उनले व्याचलर अध्ययन गर्दैछन् तर अहिले आएर उनले कक्षा १२ मा अंग्रेजी बिषयमा पास नभएको भन्दै पुन परीक्षा दिनु पर्ने बताएको छ । अहिले उनी दैनिक राष्ट्रिय परीक्षा बोर्ड धाइरहेका छन् । परीक्षा बोर्डका प्रमु खले नै सानो मानविय कमजोरी भएको भन्दै विद्यार्थी, परीक्षा केन्द्र र कलेजतिर दोष देखाउँछन् ।

 

विद्यार्थीले गलत सिम्बोल नम्बरमा परीक्षा दिने बेला नै सचेत हुनु पर्ने उनको तर्क छ । परीक्षा बोर्डले पास बनाएको प्रमाण पत्र अहिले दिपक पालसँग छ तर बोर्डले पालको नाममा पास भएको सूचीबाट हटाएको जनाएको छ ।बोर्डले नै सुरुमा गलत सिम्बोल नम्बर पठायो, त्यही नम्बरका आधारमा परीक्षार्थीले परीक्षा दिएर रिजल्ट पास आयो । तर करीब २ वर्षपछि आएर परीक्षा बोर्डले आफ्नो गल्तीको सजाए एक विद्यार्थीलाई दिइरहेको छ ।