यस्ता टुसा उम्रेका गेडागुडी खानुका: यस्ता छ्न् ५ फाइदा, मुटुरोग देखि मोटोपन नियन्त्रणसम्म

काठमाडौं। टुसा उम्रेको गेडमगुडि तरकारीको राजा पनि मानिन्छ । यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि उतिकै फाईदा जनक छ । यसलाई टुसा उमारेर वा नृमारिकन पनि खान सकिन्छ । टुसा उम्रेको गेडमगुडिमा प्रशस्तै पौष्टिक तत्व पाइन्छ ।यसलाई नियमित मिलाएर खाएमा हाम्रो शरीरका लागि फाइदा हुन्छ।

शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ । टुसा उम्रेको गेडागुडी खानुका धेरै फाइदा छन । यसले पाचन शक्ति सुधार हुन्छ । गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। टुसा उम्रेको गेटागुडिले मोटोपना घटाउन मद्धत गर्दछ । यसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ ।

 

हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ । त्यसैले टुसा उम्रेको गेडागुडी खानाले मोटोपन बढ्दैन। यसले मुटुलाई स्वास्थ्य राख्न मद्वत गर्दछ रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ ।

 

टुसा उम्रेका गेडागुडीले क्यान्सर रोग नियन्त्रण गर्दछ । जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ। चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ ।

 

५० प्रतिरक्षा प्रणालीः अङ्कुरित अन्नलाई ‘प्रतिरक्षा शक्ति बढाउने खानेकुरा’ भन्न मिल्ने कारणहरू थुप्रै छन् । यसमा हुने भिटामिन सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ।