जम्मू-कश्मिरमा तीन जना लडाकू मारिए

जम्मू कश्मिर,फागुन २७। सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना कश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् । घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् ।

 

गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारबाहीमा एक जना लडाकू हन्दवारामा मारिएका थिए । राज्य प्रहरीका अनुसार मारिएका उक्त व्यक्ति पाकिस्तानी नागरिक रहेका र प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदसँग आबद्ध रहेका थिए । एएनआई