शेयर बजार दोहोरो अंकले बढ्दा ४० करोडमाथिको कारोबार

काठमाडौं,फागुन २७ । सोमबार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १४ दशमलव २८ अंकले बढेर ११४२ दशमलव ९३ अंकमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव १३ अंकले बढेर २ सय ४३ दशलमव २६ अंकमा पुगेको छ । यसदिन १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् ।

 

सोमबार कारोबारमा आएका ११ वटा उपसमूहमध्ये अन्य उपसमूहमा मात्रै गिरावट आएको छ भने बाँकी सबै उपसमूह उकालो लागेका छन्। निर्जीबन बीमाको सूचक सबैभन्दा धेरै ७९ दशमल ७२ अंकले उकालो लागेको छ भने अन्यको सूचक १ दशमलव ६२ अंकले घटेको छ ।

 

आज नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । यस कम्पनीको आज २ करोड ८९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । यसैगरि एनआईसी एशिया २ करोड २१ लाख र प्रभु बैंक २ करोड १७ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल लाईफ, एनसीसी बैंक, अपर तामाकोशी, नबिल बैंक स।स्थापक,नागरिक लगानी कोष र नबिल बैंकको साधारण शेयर पनि एक करोड माथिको कारोबार भएको छ ।