अब प्रहरीको पनि समायोजन

काठमाडौं, फागुन ३० । प्रहरीलाई अब प्रदेशमा पनि समायोजन गरिने भएको छ। संघ, प्रदेश र स्थानीय तहको शान्ति, सुरक्षा तथा व्यवस्थाका लागि नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्न लागिएको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

 

हरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदको प्रतिनिधिसभामा पेश गरिएको छ। उक्त विधेयकमा प्रहरीलाई खाइपाइ आएको तलबमा २ ग्रेड थप गरी समायोजन गरिने उल्लेख छ। प्रहरीमा समायोजन गर्दा थप गरिएको ग्रेड उसले पाउने अधिकतम ग्रेडभन्दा बढी भए त्यसरी थप भएको ग्रेडसमेत दिइने विधेयकमा उल्लेख छ।

 

विधेयकअनुसार प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीकै कर्मचारी हुनेछन्। उनको खटनपटन पनि संघमार्फत हुनेछ। प्रदेश प्रहरी प्रमुखबाहेक अन्य प्रहरीलाई प्रदेश सरकारको सम्बन्धित निकाय वा अधिकारीले प्रदेशभित्रको एउटा कार्यालय वा निकायबाट अर्को कार्यालय वा निकायको समान पदमा स्थानान्तर गर्नसक्ने व्यवस्था गरिएको छ।