राहुलको आरोपः मोदीले ५०० र १००० का नोट जस्तै संविधान पनि बदल्न चाहान्छन्

नयाँदिल्ली। कांग्रेस अध्यक्ष राहुल गान्धीले ‘चौकीदार वार’लाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष गरेका छन्। कर्नाटकमा भएको जनसभालाई सम्बोधन गर्दै राहुलले प्रधानमन्त्री मोदीले चुनावभन्दा पहिले मलाई प्रधानमन्त्री होइन चौकीदार बनाउ भन्ने गरेको र सत्तामा पुगेपछि धनाढ्यको चौकीदारी गर्ने गरेको आरोप लगाए।

 

उनले ‘चौकीदार चोर हो’को नारा दोहोर्याए। राहुलले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र संघको नीति अगाडि बढ्दै संविधान नै बरबाद गर्न चाहन्छन्।

प्रधानमन्त्री मोदी ५ सय र १ हजारका नोट जस्तै संविधान पनि बरबाद गर्न चाहन्छन्। तर कांग्रेसले यस्तो हुन दिँदैन ।

 

राहुलले चौकीदारले केवल चोरीमात्रै नगर्ने भएर झुठो बाचा पनि गर्ने गरेको बताए। उनले मोदीले बाचा पुरा नगरेको बताए। तर, कांग्रेसले किसानको कर्जा मिनाहा गर्ने बचन दिएको र सो पूरा गरेको उनले बताए।एजेन्सी