जनसाँस्कृतिक महासंघले मनायाे सांस्कृतिक प्रतिरोध दिवस

     विष्णु विकिरण

काठमाडाै चैत्र ५।अखिल नेपाल जनसाँस्कृतिक महासंघले सांस्कृतिक प्रतिरोध दिवस मनाएको छ। सहिद परिवार रामसली तामांड·,विना वाइवा,विनोद गौतम,अनन्त खेमराज न्यौपाने उपस्थित कार्यक्रम इच्छुक प्रतिष्ठान सभाहलमा भएको थियो।

 

विभिन्न कविकलाकारहरुको प्रस्तुतिका साथ मंगलबार मनाइएको प्रतिशोध दिवसमा प्रमुख अतिथि मोहन वैद्य(चैतन्य) थिए।कार्यक्रममा बोल्दै चैतन्यले कला र साहित्यले पहिले आन्दोलनलाई उत्कर्षमा पुर्यायो अहिले साहित्य र सांस्कृतिक चेतना मार्फत समाजलाई रुपान्तरण गर्न सकिने बताए।

अतिथिहरु पवनमान,दिनेश शर्मा,राम श्रीस थिए।इश्वर चन्द्र ज्ञवालीको अध्यक्षता तथा ताराकान्त पान्डेको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालक डा।जगदीश चन्द्र भन्डारीले गरेका थिए।

 

कवि बलराम तिम्ल्सिना,संगीत श्रोता,राजु साड·तान र बसन्त बोगटीले जनतालाई क्रान्ति गर्न र वर्गबोध बुझ्न प्रेरणा दिने खालका कविता सुनाएका थिए।करीब बाह्रबजे सुरु भएको सो कार्यक्रममा गौरी दाहाल,शीला,विष्णु न्यौपाने,सुनिता,इन्दिरा,छायादत्त,प्रभात,पुन्य आचार्य र मित्रलाल पंगेनीले दर्शकका मन जित्ने कविता बाचन गरेका थिए।

 

कार्यक्रममा अनिश योञ्जन,अतिस,रमण थामी शुशिल सिंह लगायतले गीत मार्फत जनसांस्कृतिक महासंघको पहिचान झल्काइदिएका थिए।जलपान सहित करीब ४ घन्टा चलेको सो कार्यक्रमको औचित्य आमूल परिवर्तनको नारा सत्ता परिवर्तनले जनयुद्धका पीडित र नेतृत्वकर्ता नेपाली जनताको सांस्कृतिक एवम् आर्थिक स्थितिमा कुनै परिवर्तन नआएको भाव थियो ।