काभ्रे गोली काण्डबारे विप्लव नेकपा बोल्योः सुरक्षा निकायमाथि आफ्नो तर्फबाट आक्रमण नभएको दाबी, प्रहरीको ‘बकवास’मात्र(विज्ञप्तिसहित)

काठमाडौं,चैत्र ८।  सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काभ्रेमा सुरक्षाकर्मी र नेकपाबीच भएको भनिएको फायरिङबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

प्रहरीले जवाफी फायरिङ गरेको बताइरहदा नेकपा मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनले एक विज्ञप्ति जारी गरेर आफ्नो तर्फबाट आक्रमण नभएको भन्दै प्रहरीको दाबीलाई उसकै शव्दमा ‘बकवास’ भनेका छन्।

 

प्रहरीले यसअघि चैत ५ गत्ते काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तासँग दोहोरो गोली हानाहान भएको बताएको थियो। त्यसको ठीक २ दिनपछि विप्लव समूहले विज्ञप्ति जारी गरी आधाकारिक धारणा सार्वजनिक गरेको हो।

 

‘निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरिएको छ, यो झुट्टा बकवास जनयुद्धाकमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रण गर्ने नेपाल कम्युनिष्ट पार्टीको नीति नरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजिवाद विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैँले एकतर्फी गोली चलाएर जवाफी कारवाही गरेर बकवास गरेको छ।