चीनका एक व्यापारीले किने,पन्ध्र करोड ५० लाख नेपाली रुपैया बराबरको परेवा

बेल्जियम । शान्तीको प्रतिक मानिने घर पालुवा पंक्षी परेवा मन्दिरको छाना, देवालय, टुडाल एवं खोपी प्वालहरुमा भेटिने गर्दछ । तर एक यस्तो विशेष परेवा पनि संसारमा छ, जसको मुल्य १.४ मिलियन डलर अर्थात पन्ध्र करोड ५० लाख रुपैयाँ रहेको छ ।

 

उक्त परेवाको नाम अरमान्ड़ो बताइएको छ । हावाको बहाव र दिशा पत्ता लगाउन माहिर अरमान्ड़ो बेल्जियम निवासी जोइल भेरस्कुटले पालेका हुन । ५ वर्षको अरमान्ड़ो एउटा मात्र यस्तो लामो दौड दौडिने परेवा हो जो ‘ लुइस हैमिल्टन अफ पिजन’ नामले पनि परिचित छ ।

 

अरमान्ड़ोले २०१८ मा एस पिजन च्याम्पियनसिप, २०१९ मा पिजन ओलम्पिया एवं एनोगोउल्मी जितेका कारण नै अरमान्ड़ो माथि १.४ मिलियन डलरको धनराशी राखिएको हो । जसलाई चीनका एक व्यापारीले किनेका हुन् ।एजेन्सी,