कागतीका बोक्राको यस्ता छन्न फाइदै- फाइदा मुटुलाई स्वस्थ राख्ने देखी छाला सुन्दर बनाउने सम्म सबै जानकारीकाे लागि पुरापढनुहाेस्

काठमाडौँ । हरेक फलफुलको आ– आफ्नै फाइदाहरु हुन्छ । जुन कसैलाई थाहा हुन पनि सक्छ नहुन पनि सक्छ । त्यस्तै कागतीको पनि धरै फाइदाहरु छ नै त्यसमा लुकेको केही फाइदा कसैलाई थाहा नहुन पनि सक्छ । त्यो लुकेको एक फाइदा हो कागतीको बोक्रा । जुन भाग फाल्छै त्यो भागनै एकदमै फाइदाजनक रहेको छ ।

 

कागतीको बोक्राको फाइदा मुटुलाई स्वस्थ राख्ने देखी छाला सुन्दर बनाउने सम्म रहेको छ । र अर्को फाइदा कागतीको बोक्राले भाँडा धुँदा पनि चम्कन्छ । कागतीको रसले स्वास्थ्यमा गर्ने फाइदा त प्रयाजसो सबैलाई थाहा हुन्छ । तर धेरैलाई थाहा नहुन सक्छ कागतीको बोक्रा पनि गुणको खानी रहेको छ ।

 

कागतीको बोक्राले हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुन्छ, जसले हड्डीलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसका साथै हड्डीजस्तो जोडिएको रोग जस्तै ओस्टियोपोरोसिस, रहेयुमेटयड अर्थराइटिस र इन्फ्लेमेटरी पोलीअर्थराइटिसबाट पनि बचाउन सहयोग गर्दछ । अक्सिडेटिभ स्ट्रेसलाई टाढा राख्नका लागि कागतीको बोक्राले निकै सहयोग गर्ने गर्दछ । यसमा उच्च मात्रामा फ्लेवानायड हुने भएका कारण अक्सिडेटिभ स्ट्रेसबाट शरिरलाई टाढा राख्ने गर्दछ ।

 

हाम्रो शरिरमा थुप्रै विषालु पदार्थ अर्थात टक्सिन हुने गर्दछ । यस्तो पदार्थले हाम्रो शरिरलाई भित्रैदेखि कमजोर बनाउनुका साथै हाम्रो शरिरभित्र अल्कोहल र अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ कागतीको बोक्रा आफ्नो अमिलो स्वाद र स्वभावका कारण यस्तो विषालु पदार्थलाई टाढा राख्न मद्दत गर्दछ । कागतीको बोक्राले क्यान्सरबाट बचाउन र यसको उपचारमा निकै मद्दत गर्दछ । यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्याउँछ ।

 

कोलेस्ट्रोलको मात्रालाई घटाउन सहयोग पुर्याउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई स्वस्थ हुनबाट रोक्छ । कागतीको बोक्रामा पाइने पोलिफिनलले कोलेस्ट्रोललाई कम गरेर तपाईंको शरिरलाई स्वस्थ रहन मद्दत गर्दछ । कागतीको बोक्राले तौल घटाउनमा पनि मद्दत गर्दछ । यसमा पेक्टिन नामको तत्व पाइने गर्दछ जसले शरिरमा जमेको अनावश्यक बोसोलाई घटाउने काम गर्दछ ।