ओली सरकारको सक्रियताः भाग्दा भाग्दै पक्राउ पर्यो ओलीको टोली

काभ्रे,चैत १० ।नेकपा ९माओवादी० विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रिय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’को टोली शनिबार विहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको छ ।

 

अपराध अनुसन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समूहलाई खानिखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दावी गरेको छ ।

 

प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा उनीहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्वरको सिल्भर कलरको स्र्कपियो गाडीको डिकीभित्र लुकाइरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला पारेको हो । उक्त टोली खानिखोला गाउँपालिकाबाट मकवानपुरको फापरबारी हुँदै भाग्न खोज्दा प्रहरी घेरामा परेको थियो ।

 

‘रातभरको अप्रेसनपछि विहान ४।१५ बजे गाडीसहित प्रहरीको एम्बुसमा पारिएको हो’–जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले भन्नुभयो–‘अप्रेसनका लागि राति १०।३० बजे पाँचवटा मोटरसाइकल, ३ वटा बोलेरो र १ वटा प्रहरी भ्यानमा ४५ जना सुरक्षकर्मीको टोली खानिखोला पुगेको थियो ।’प्रहरीले ओलीको समुह सोही क्षेत्रमा लुकेर बसेको सूचना दिउसैदेखि पाएको थियो । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी निरीक्षक श्रीराम तिमल्सिना, सशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गणका प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा र प्रहरी प्रधानकार्यालयबाट समेत खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

कसरी परे घेरामा 

गत मंगलबार र राति काभ्रेको रोशी गाउँपालिका २, शिखरआम्बोटे काफलडाँडा गएको अपराध अनुसन्धान महाशाखाको उक्त टोली ओलीका सहयोगीलाई पक्रेर फर्केपछि सुरु गरेको अप्रेसनका क्रममा उनलाई घेरामा पार्न सफल भएको हो ।

 

अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले मंगलबारको अप्रेसनमा जिल्ला प्रहरी कार्यालय काभ्रेलाई सहभागी नै गराएको थिएन । जिल्लामा केन्द्रिय टोली बसेको सूचना समेत नदिई अपराध अनुसन्धान महाशाखाको टोलीले हवाई फायर गर्दै दुई जना कार्यकर्ता पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालयले आफ्नो टिम परिचालन गरेका थियो ।

 

शुक्रबार दिउसो प्रहरी प्रमुख एसपी खड्का धुलिखेल नगरपालिकाले आयोजना गरेको सिसि क्यामेरा जडानसम्वन्धी छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँको मोवाइलमा हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसहितको टोली खानीखोला गाउँपालिका ७ मिल्चेको बोरनबेशीमा बसिरहेको सूचना प्राप्त भएको थियो ।

 

सो सूचना पाएलगत्तै एसपी खड्काले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई फोन गरेर सूचनाबारे जानकारी गराउनुभएको थियो । प्रजिअ राउत पारिवारीक कामले शुक्रबार विदा बसी काम सकिएलगत्तै जिल्ला फर्किनुभएको थियो । एसपी खड्काले अपराध अनुसन्धान महाशाखालाई समेत उक्त सूचनाको जानकारी गराउनुभएको थियो । तर उक्त टोलीले एसपी खड्काको सूचना हावादारी भन्दै आउन नसक्ने जानकारी गराइएपछि एसपी खड्काले तत्काल केन्द्रिय अनुसन्धान ब्युरोलाई सूचना दिनुभएको थियो । त्यसपछि ब्युरोबाट थप मद्दतका लागि १० जनाको टोली तयार भएको थियो ।

 

जिल्लामा सशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गण कार्यरत रहेको छ । एसपी बेनु पाठकले ११ जनाको टिम तयार गर्नु भएको भयो । काठमाडौबाट आएको १०, सशस्त्र ११ र बाँकी गुल्म, जिल्ला सहितको गरी ४५ जनाको टोली राति साँढे ८ बजे त्यसतर्फ जाने गरी तयारी गरेको थियो। राष्ट्रिय अनुसन्धासनका डिएस्पी सरोज निरौलासमेतको बैठकले गोप्य रणनीति तयार गरेको थियो ।

 

रातिको समयमा लोकेसन समेत प्रष्ट नभएकाले मोटरसाइकलमा दुर्गम स्थान जाने योजना बन्यो । ५ वटा मोटरसाईकल तयारी अवस्थामा रहेका थिए । दुईवटा बलेरो भाडामा लिइएको थियो । प्रहरीको मिनि ट्रकमा समेत गरी टोली राति साँढे १० बजे खानिखोलातर्फ लागेको थियो ।

 

दिउँसोको समयमा झण्डै ८ घण्टा लाग्ने कच्चि र असुरक्षित सडकको यात्रा पार गर्दै प्रहरीको टोली ६ घण्टामै उक्त स्थानमा पुगेको थियो । विहान ४ बजे प्रहरी टोली नेता ओली बसेको नजिकै पुगेको थियो । मोटरसाइकलको साइलेन्सर पाइप खस्यो । साइलेन्सर पाईप तारले बाँधेर जाँदै गर्दा प्रहरी टोलीले एउटा भ्यान आइरहेको देख्यो । चारैतिरबाट घेरा हालेको प्रहरी टोलीले उक्त भ्यानलाई नियन्त्रणमा लियो । उक्त भ्यान काभ्रेको खानिखोलाबाट मकवानपुरको फापरबारीतिर जाँदै थियो ।

राजधानीबाट स्र्कपियो झिकाइयो

खानेपानी मन्त्री विना मगरका पूर्वपति शंकर अधिकारीले पार्टीका नेता समेत रहेका ४२ बर्षिय सिभिल इन्जिनियर धर्मराज राजबाहकको गाडी सुदर्शनको टोलीलाई खानिखोलाबाट फापरबारी पु¥याउनका लागि ३० हजार रुपैया भाडामा लिनुभएको थियो । उक्त स्र्कपियोमा शंकर अधिकारी, सैन्य प्रमुख प्रज्ज्वल भनिने विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, ललित तामाङ, संजिव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । ती मध्ये रोशी गाउँपालिकामा प्रहरी कारवाहीमा भाग्दै गर्दा भिरबाट लडेर घाइते २ कार्यकर्ता फरार रहेको बताइएको छ ।

अप्रेसन निरन्तर

मंगलबार विहान काठमाडौबाट पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा रोशी गाउँपालिका २ को काफलडाँडाबाट शिव धिमाल र विशाल तामाङ पक्राउ परेका थिए ।

 

महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको टोलीले रोशी गाउँपालिका २ साविक शिखरआम्बोटे गाविस ८ काफलडाँडामा पुग्दा जम्काभेट भएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी फायर गरी आक्रमण गरेकोले प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड फायर गरेको थियो ।

 

चार राउण्ड फायरपछि उक्त समूह भागेको र भाग्नेमध्ये झापा मेची नगरपालिका ३ घर भई थानकोट बस्दै आएका शिव र सिन्धुपाल्चोक जुगल गाउँपालिकाका विशाललाई नियन्त्रणमा लिन प्रहरी सफल भएको थियो ।

प्रहरीले मोवाइल ६ थान, चार्जर चार थान, ल्यावटप चार्जर, पिलास, कालो लेदर ब्याग र महान सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताव तथा अन्य मोवाईलहरु समेत फेला परेको थियो । उनिहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको छ ।

 

उनीहरूलाई गत फागुन १० गते ललितपुर जिल्लाको नख्खुस्थित एनसेल कार्यालय र काठमाडौको कमलपोखरी अगाडीको लोत्सेचोकमा रहेको आँगन मिठाई पसलमा बम विस्फोट गराएको अभियोग लगाइएको छ । फागुन २४ गते बेलुका काठमाडौको बसुन्धरामा रहेको रोहन गुरुङ्गको घरमा बम विस्फोट हुँदा तीन जना घाइते भएका थिए । सबै घटनामा विप्लव समुहको मध्यक्षेत्रिय कमाण्डरहरु संलग्न रहेको निश्कर्षसहित प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो ।

 

मध्यक्षेत्रिय कमाण्डका प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश ओलीकै कमाण्डमा काठमाडौका सबै घटनामा पक्राउ परेका कमाण्डहरुको संलग्नता रहेको बताइएको छ । ११ जनाको उक्त समुहमा विभिन्न जिल्लाका नेता सहभागि थिए । उक्त टोली काठमाडौ आक्रमणपछि काभ्रेको रोशी तथा महाभारत क्षेत्रमा लुकेर बसेको सूचना पाउनासाथ प्रहरीले अपरेशन गरेको थियो ।

 

यी घटनापछि जिल्लामा रहेको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उच्च सतर्कतामा बसेको बताइएको छ ।यो समाचार नेपाल समाचारबाट।