कर्णाली गुञ्जन श्रष्टा उत्पादन गर्ने कारखाना !

कर्णाली कला संस्कृति प्रतिष्ठानको मासिक साहित्यिक श्रृंखला ‘कर्णाली गुञ्जन’ शनिवार सम्पन्न भएको छ ।

 

कर्णाली गुञ्जनको छैठौं श्रृंखलाका प्रमुख अतिथि तथा साहित्यका पारखी माननिय मोहन बानियाँले ‘कर्णाली गुञ्जन श्रष्टा उत्पादन गर्ने कारखाना हो । कर्णाली गुञ्जनको सुरुवातदेखि आजसम्मको अवस्था हेर्दा यस्तै देखिन्छ । कैयौं नयाँ श्रष्टाहरुले मञ्च पाएका छन । हिजोका दिन भन्दा आजका दिनमा कर्णालीका युवा पंक्तिमा साहित्यिक माहोल बनेको छ ।’

 

विशिष्ट अतिथि बरिष्ठ गजलकार डा. घनश्यान न्यौपाने ‘परिश्रमी’ले पनि कर्णालीमा हिजो भन्दा आजका दिनमा साहित्यिक माहोल फरक बन्दै गएको छ । यसको श्रेय पनि कर्णाली गुञ्जनलाई नै जान्छ । दुई बर्ष अघि कालिकोटमा सम्पन्न कर्णाली गुञ्जनमा भन्दा राम्रो साहित्यिक माहोल बनेको बताउनु भयो । कर्णाली गुञ्जनको छैठौं श्रृंखलामा कर्णालीका भाषा, साहित्य क्षेत्रका अध्येता राजबहादुर कुँवर, कर्णाली कलाकार समाजका अध्यक्ष पदम रोकाया लगायत कर्णाली बाहिर र भित्रका सय सय बढि श्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।

 

प्रतिष्ठानका अध्यक्ष निर्मोही संकल्पको अध्यक्षता रहेको कर्णाली गुञ्जनको छैठौं श्रृंखलाको सञ्चालन सचिव प्रज्वल पारखिले गर्नुभएको थियो भने युवा गजलकार कमल कोपिलाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

कर्णाली गुञ्जनको छैठौं श्रृंखला समापन गर्दै प्रतिष्ठानका अध्यक्ष निर्मोही संकल्पले कर्णाली गुञ्जन आगामी महिनामा पनि निरन्तर चलिरहने र हरेक श्रृंखलाहरुमा कर्णालीका श्रष्टालाई प्राथमिकतामा राख्ने बताउनु भयो ।

 

 

तस्विरमा कर्णाली गुञ्जन