भिटामिन सी पाइने अमलाको सेवनले तपाइलाइ युरिक एसिड,देखि किड्नीको समस्यालाई फाइदा गर्छ


एजेन्सी । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।

अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ । यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ । अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

 

अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ । अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ । यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

 

क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ । कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ ।अमलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

 

अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । साथै, ब्लडसुगर नियन्त्रण गर्छ ।अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ । त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ । अमला खाएमा मुटुसम्बन्धी रोग लाग्नबाट पनि बच्न सकिन्छ ।