क्रान्तिकारी माअेावादीकाे माेर्चा ,देजमो, कञ्चनपुर जिल्लाको भेला सम्पन्न

धनञ्जय अवस्थी
कञ्चनपुर,चैत्र११।कञ्चनपुरमा नेकपा(क्रान्तिकारी माअेावादी)काे माेर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको भेला सम्पन् भएको छ । भेला ले  १७ सदस्सिय  कमिटि चयन गरिएको छ । संयोजकमा बिष्णु राम दमाई, सदस्य चन्दलाल चौधरी ,उमेश चौधरी ,संकर बिक, मदन बिष्ट , सन्देस पाण्डे , भोज राज भण्डारी , भिम चन्द , सुरज मल्ल , राम बहादुर चौधरी ,दिपक महरा ,सिद्ध राज भट्ट ,भुवन शिह धामी ,दल बहादुर ठकुल्ला लगायतकाे कमिटी गठन गरिएकाे छ।

 

कार्यक्रममा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम ईन्चार्ज चन्द्र हरी सुवेदी अटल अतिथि (देजमो) सु.प संयोजक राम बहादुर केसी , नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर ईन्चार्ज क्षितिज , कञ्चनपुर सेक्रेटरी हरि सुवेदी अखिल क्रान्तिकारी केन्द्रिय कमिटि सचिव राम बहादुर महरा लगायतका नेता तथा कार्यकर्ताकाे कार्यक्रतामा  उपस्थिति रहेको थियो । देशमा राष्टियताको बिषय गम्विर भएकोले अव देशभक्त जनगणतान्त्रिक मोर्चामा गोलबन्द हुदै राष्टियताको पक्षमा एक हुनु पर्ने प्रमुख अतिथि चन्द्र हरी सुवेदीले बताउनुभयो ।