विप्लव नेकपाद्धारा आन्दोलनको घोषणा,चैत्र १६ गते नेपाल बन्द, सरकारी कार्यक्रममा प्रतिवन्ध लगाउने चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, चैत ११ । विप्लव नेतृत्वको नेकपाले आफूमाथि लगाएको प्रतिबन्ध नहटाए कडा कदम चाल्ने चेतावनी दिएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ती जारी गर्दै चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ ।

आफुमाथी लगाएको प्रतिवन्ध नहटाए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।

 

चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी गर्ने विप्लवले चेतावनी दिएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र विप्लव समूहको विध्वंसात्मक गतिविधि नियन्त्रणमा लिने चेतावनी आएकै दिन विप्लवले त्यसको कडा प्रतिवाद गरेका हुन् ।

उनले पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा समेत गरेका छन् ।