आज मिति २०७५ साल चैत्र १२ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहो

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुँनेछ भने सहयोग गर्नेहरु कमै भेटिनेछन् । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि आजको दिनले साथ दिने छैन । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन व्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

पढाई लेखाई गति तिब्र अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउँन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । शिक्षा तथा अन्य व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

हरेक काममा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनुहोला । मोजमस्तिमा मन जानेहुँनाले अध्यन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका आजको दिन उत्तम नहुँन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । दाजुभाई तथा छिमेकि सँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

मिष्टान्न भोजन, उत्तम बस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । व्यापार व्याबसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानिका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुँनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । सामाजिक क्षेत्रमा सहभागि हुने अवसर जुर्ने भएपनि सहकर्मीहरु बाटनै आलोचना खेप्नु पर्नेछ । पढाई लेखाईमा बाधा तथा अवरोधको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने घर परिवारमा एक अर्का बिच राय नमिल्ला कामहरु थाति रहनेछन् ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । व्यापार व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ । आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

रोकिएका तथा थाति रहेका कामहरु बन्नुका साथै आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । नोकरिमा बढुवा हुँने तथा कामको खोजि रहेकाहरुले नयाँ काम पाउँने अधिक सम्भावना रहेकोछ । अध्ययनमा मन जाने हुँनाले खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँ पनको बिकास गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेको छ भने माया प्रेममा आत्मियताको बृद्धि हुँनेछ ।