सामाजिक विषयको प्रश्नपत्र पनि ‘बाहिरियो’

काठमाडौं, चैत १५ । माध्यमिक शिक्षा परीक्षा एसईई को प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ ।

सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

 

जनकपुरबाट बाहिरिएको प्रश्नपत्रलाई सामजिक सञ्जालमार्फत सप्तरी पुगेको आशंका गरिएको छ ।

 

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको पुष्टि गनुभयो । ‘हाम्रो जिल्लाबाट प्रश्नपत्र बाहिरिएकै छैन,’ उहाँले भन्नुभयो, ‘प्रश्नपत्रमा लगाइएको लाहछाप उप्किएको छैन ।’ प्रश्नपत्र राती ११ बजे नै बाहिरिएको थियो ।

 

यसअघि बिहिबार सप्तरी र सिरहामा विज्ञान बिषयको प्रश्नपत्र बहिरिएको थियो । जसकारण प्रदेशभर विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।