विश्वका सर्वाधिक कमाई गर्ने ५ फुटबलर, कसको तलब कति छ हेर्नुहाेस्

एजेन्सी । खेल मैदानमा मात्र होइन, समाचार, विज्ञापन र बजारमा निरन्तर छाइरहेका खेलाडीले कति कमाउँछन् ?  यसको जवाफप्रति धेरैले चासो लिने गर्छन् ।

विश्व फुटबलमा स्टार खेलाडीहरुको तलब बढ्ने क्रम पछिल्लो समय झन् बढेको छ । क्लबहरुले प्रायोजकबाट पाउने रकम बढेसँगै राम्रो खेलाडी अनुबन्धन गर्न क्लबहरुले पनि खुलेर खर्च गर्न थालेका छन् ।

 

फुटबल क्लबले खेलाडीको तलब जति तोकेको हुन्छ, स्टार खेलाडीहरुले त्योभन्दा धेरै व्यापारिक सम्झौताबाट कमाउने गर्छन् । र, क्लबमा उनीहरुको खेलको आधारमा बोनस पनि झन्डै तलब सरह नै हुने गर्छ ।

यस क्रममा विश्व फुटबलमा सर्वाधिक तलब पाउने शीर्ष पाँच खेलाडी

लिओनेल मेसी
क्लब : बार्सिलोना
वार्षिक तलब : १ सय ३० मिलियन युरो

क्रिस्टियानो रोनाल्डो
क्लब : युभेन्ट्स
वार्षिक तलब : १ सय १३ मिलियन युरो

  नेयमार
क्लब  : पेरिस सेन्ट जर्मेन
वार्षिक तलब :९१.५ मिलियन युरो

एन्टोइन ग्रिज्मन
क्लब :एटलेटिको म्याड्रिड
वार्षिक तलब : ४४.५ मिलियन युरो

ग्यारेथ बेल
क्लब  : रियल म्याड्रिड
वार्षिक तलब  : ४०.२ मिलियन युरो