बढि लिएकाे शुल्क तुरून्त फिर्ता गर्न अखलि नेपाल विद्यार्थी युनियानकाे जाेडदार माग

काठमाडौं,चैत २०। तोकिएकोभन्दा बढी शुल्क लिएर विवादमा आएको स्कुल अफ मेडिकल साइन्सेजलाइ अखलि नेपाल विद्यार्थी युनियानले त्यस मेडिकल कलेजले नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्ने निवेदन र अभिवाकको गुनासाहरु आए पछि सँगठनले आन्दाेलनका कार्यक्रम घाेषणा गर्न बाध्य भएको थियाे। त्यस सँगठनका प्रमुख प्रविण मिश्रले जानकारी दिए अनुसार डीनको कार्लयसँग सहमति गरेपछि आन्दाेलनका कार्यक्रम स्तगित गरिएकाे थियाे ।

 

तर आन्दाेलनका कार्यक्रम स्तगित गरिए पनि अहिलेसम्म विद्यार्थीको शुल्क फिर्ता नगरेकाले हामि फेरि पनि आन्दाेलनका कार्यक्रम घाेषणा गर्न बाध्य हुने छाै भनि मिश्रले हाम्रो अनलाईन डट कमलाई जानकारी दिएका छन्।

 

 

  फेरि पनि भन चाहाछाै तोकिएको शुल्क भन्दा बढी लिइएको उक्त शुल्क एक हप्ता भित्र  छिटाे भन्दा  छिटाे फिर्ता गर्न का.वि  स्कुल अफ मेडिकल साइन्सेज डीनको कार्लयसँग हाम्रो सँगठन जोडदार माग गर्दछ ।

 

उत्त कार्य समय सीमा भित्र नगरेमा थप संघषका कार्यक्रमहरुको घोषणा हुने, हाम्रो अनलाईनडट कमलाई जानकारी दिए ।यसबाट उत्पन्न हुने परिस्थितिको जिमेवारी स्वयम कलेज प्रशासनले लिनुपर्ने पनि जनकारी दिएका छन्।

 

उक्त मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी रकम लिई विद्यार्थी पढाइरहेको घटना बाहिर आएपछि हाम्रो सँगठनले सरकारले  तोकिएको शुल्क भन्दा बढी शुल्क लिन नपाइने भएपनि मेडिकल कलेजले खुल्म खुला  विद्यार्थीसँग रकम लिनेगरेकाे छ। वार्ता गरी बढी लिएको शूल्क फिर्ता गर्ने सहमति समेत भइसकेको छ। 

 शुल्क एक हप्ता भित्र फिर्ता गर्न जाेडदार माग (विज्ञप्तीसहित)