गर्मी मौसममा पानी नपिउनाले यस्ता १२ समस्या सहितका लक्षण देखा पर्न सक्छन् जानकारीकाे लागि पढेर सेयर गर्नुहाेस्

पानी हाम्रो स्वास्थ्यको लागि अति आवश्यक तरल पदार्थ हो । पानीको अभावमा हामी हाम्रो जिन्दगीको कल्पना पनि गर्न सक्दैनौं किनकि हाम्रो शरीर मा ७०५ पानी नै हुन्छ । पानीले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । हाम्रो शरीर भित्र रहेका विभिन्न विषाक्त पदार्थलाई पानीले बाहिर निकाल्न मद्धत गर्छ ।

पानीको अभाव हुनाले हामीलाई विभिन्न खालका रोगहरुले सताउने गर्छ । त्यसैले हामीले हाम्रो शरीरमा पानीको मात्रामा कमि आउन दिन हुदैन । यदि पानीको मात्रमा कमी आएको थाहा पाइयो भने प्रशस्त मात्रामा पानी पिउनु पर्छ ।

शरीरमा पानीको मात्रामा कमी आएको थाहा पाउने केहि लक्षणहरु यस्ता छन्  

. टाउको साह्रो गरी दुख्छ  

टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १ मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

. केही खानासाथ तत्काल भोक लाग्छ 

बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

३. धेरै थकान महसुस हुने  

जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

४.काममा ध्यान जाँदैन 

दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

५. छाला सुक्खा हुन्छ  

चलिरहेको मौसम विपरीत प्रायस् तपाईंको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि तपाईं नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकतअनुसार प्रशस्त पानी पिउनुपर्छ ।

. पिसाब पहेँलो हुने 

तपाईंले पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नुभयो र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ । तर, धेरै पहेँलो छ भने तपाईंलाई पक्कै पनि पानीको कमी भएको हुन्छ ।

७. एसिडिटी बढ्छ 

तपाईंलाई एसिडिटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण तपाईं प्रशस्त मात्रामा पानी पिउनुहुँदैन । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

८. धढ्कन बढाउँछ 

यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो ।

९. चक्कर लाग्ने वा अचानक डराउने 

अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउनेलगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

१०. श्वास गनाउने  

यदि तपाईंको शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

१. मुख सुक्खा रहन्छ  

प्रायस् मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्नेबित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन ।

१२. मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ

पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

तपाइँ को पिसाब को रंग अनुसार शरीरमा पानी को आवश्यकता बुझ्नुस