भारतको लोकसभा चुनावस् दुई महिनामै फेसबुकमा १० करोडको राजनीतिक विज्ञापन, बीजेपी सबैभन्दा अघि

एजेन्सी। भारतमा लोकसभा चुनाव नजिकिएसँगै सबै पार्टी प्रचारप्रसारमा होमिएका छन् । भोटकै लागि पार्टीहरुले विभिन्न माध्यमको सहयोग लिने गरेका छन् । तर अहिले भने सामाजिक सञ्जाल नै धेरै प्रभावकारी देखिएको छ ।

 

सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन दिनेमा भारतीय जनता पार्टी (बीजेपी) सबैभन्दा अगाडि छ । बीजेपी र उसका समर्थकका सामाजिक सञ्जाल पेजले फेसबुकमा दुई महिनामा मात्रै ३६.२ लाख भारुभन्दा बढीको विज्ञापन दिएका छन् । फेसबुकमा यी सबै विज्ञापन फेब्रुअरी र मार्च महिनामा दिइएको हो ।

 

फेसबुक विज्ञापन लाइब्रेरीको रिपोर्टको अनुसार, यो वर्ष फेब्रुअरीदेखि मार्चको बीचमा ५१ हजार आठ सय १० राजनीतिक विज्ञापनमा भारु १०.३२ करोडभन्दा बढी राजनीतिक दलहरुले खर्च गरेका हुन् । यसमा बीजेपी र उसका प्रचारसँग सम्बन्धित विज्ञापनमा सबैभन्दा धेरै खर्च भएको छ । फेसबुकले विज्ञापन राजनीति र राष्ट्रिय महत्वका मुद्दासँग सम्बन्धित भएको जनाएको छ ।

 

सत्ताधारी बीजेपी र उसका समर्थकले ‘भारत के मन की बात’ पेजमार्फत विज्ञापनमा धेरै रकम खर्चेका छन् । बीजेपीले यो दुई महिनामा झण्डै ११ सय विज्ञापन दिँदा ३६.२ भारु खर्च गरेको छ । यस्तै बीजेपीले माई ‘फर्स्ट भोट फर मोदी’ र ‘नेशन विथ नमो’ जस्ता पेजमा पनि भारी खर्च गरेको छ । यसको अलावा कांग्रेसले फेसबुक पेजमा ४ सय १० विज्ञापन दिँदै ५।९१ लाख भारु खर्च गरेको छ ।

 

बीजू जनता दल (बीजेडी) ले विज्ञापनमा भारु ८।५६ लाख, तेलुगु देशम पार्टी ९टीडीपी० ले १।५८ लाख र राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले भारु ५८ हजार ३ सय ५५ खर्च गरेको छ । पछिल्लो केही महिनामा सामाजिक सञ्जाल फर्म्याट जस्तैः फेसबुक, ट्वीटर र गुगल विज्ञापनको केन्द्रबिन्दु नै बनेको छ ।

 

भारतमा २० करोड फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । यो भन्दा पहिले ‘भारतीय पारदर्शिता रिपोर्ट’ को अनुसार, लोकप्रिय सर्च इन्जिन गूगलमा विज्ञापनमा खर्च गर्ने सम्बन्धमा बीजेपीले सबै पार्टीलाई पछाडि पारेको थियो । यही रिपोर्टमा विज्ञापनमा खर्च गर्नेमा कांग्रेस छैटौं नम्बरमा थियो ।