नयाँ बर्ष २०७६ सालमा यी ६ राशिलाई पर्दै छ महाँसंयोग,कुन राशिलाई कस्तो फाईदा देखि असर सहितको भाग्यफल

सूर्यले मिन राशिबाट मेष राशिमा प्रवेश गर्दा महासंयोग बन्ने गर्छ। मेष राशि सूर्यको उच्च राशि रहेको छ। जस कारण राशि चक्रमा ठूलो असर पर्न जाने हुन्छ।

 

ज्योतिषहरुका अनुसार सूर्यले लामो समय पश्चात आइतवारका दिन राशी परिवर्तन गर्न गईरहेको छ। आइतबार सूर्यकै बार पनि हो। यहि दिन मर्यादा पुरुष भगवान श्री रामको जन्मदिन पनि रहेकाले सूर्यले राशी परिवर्तन गर्दा महासंयोग बन्न जाने हुन्छ।

 

राशि चक्रमा पर्ने असर र महासंयोगले कुन राशिलाई कस्तो असर गर्छ हेर्नुहोस ।

 

कुन राशी हुनेहरुका लागि सुर्यको राशी परिवर्तनले कस्तो फल देला त ?

मेष राशी

मेष राशी भएकाहरुका लागि सुर्यले हरेक क्षेत्रमा सफलता दिलाउने छ। विशेषगरी यस राशिले पाँचौं भावको सिंह राशी स्वामी भई उच्च राशिमा परिवर्तन गर्न लागेको हुदा पत्रकारिता , राजनीति एवम अन्य क्षेत्रमा प्रसस्त लाभ पुर्याउने देखिन्छ।

वृष राशी

सुर्य वृष राशिको बाह्रौं भावमा रहने भएको हुदा सुर्यले आँखा तथा कम्मर संग सम्बन्धित समस्या देखिन सक्छ। सुर्यको राशी सिंह चतुर्थ भावमा रहने छ। जसका कारणले आय भन्दा व्ययको मात्रा अधिक मात्रामा बढेर जान सक्ने तथा विभिन्न समस्याको सामना गर्नु पर्ने स्थिति सिर्जना हुन सक्नेछ।

मिथुन राशी

मिथुन राशी हुनेहरुका लागि सुर्यले कार्यबल वृद्धि गर्ने , हरेक कार्यमा सफलताको मार्ग निर्देश गर्ने , धर्म कर्ममा मन लाग्ने तथा अन्य थुप्रै लाभ हुने देखिन्छ।

कर्कट राशी

कर्कट राशी हुनेहरुको लागि यस समयमा सुर्य कर्कट राशिको दशौँ भावमा प्रवेश गर्दै छ जसले मुटु तथा कम्मर सम्बन्धि समस्या देखिन सक्छ। यसका साथै सानातिना कुरामा सफलता प्राप्त हुनेछ तर पनि यस राशी भएकाहरुले एक महिनाको अवधिभर पूर्ण सावधानी अपनाउनु पर्ने देखिन्छ किनकि कर्कट राशी जलको हो जबकि सुर्य अग्नि तत्वको भएकाले बिशेष सतर्क रहन आवश्यक छ

सिंह राशी

नवौं स्थानमा रहने सुर्यले यस पटक सिंह राशी भएकाहरुको भाग्य उदय गर्ने छ। धर्मकर्म , भुमि , बाहन तथा अन्य क्षेत्रमा लाभ दिने छ। सरकारी क्षेत्रमा बिशेष सफलता हात लागि हुने समय रहेको छ।

कन्या राशी

आठौँ स्थानमा रहेको सुर्यले कन्या राशी भएकाहरुको गुप्त योजनामा लाभ हुने , धन संचय हुने ,साथै बाणी तथा विदेश यात्राका लागि समेत योग हुन सक्ने छ।

तुला राशी

यस राशी हुनेहरुका लागि सुर्यले सातौं स्थानमा प्रवेश गर्ने छ। जसले कार्यमा सफलता मिल्नेछ , मनमा द्विविधा छाउनेछ , टाउको दुखाई सम्बन्धि समस्या देखिन सक्नेछ। तथापी चन्द्र मजबुत पार्नका लागि अत्यधिक पानीको सेवन गर्नु आवश्यक रहने छ।

वृश्चिक राशी

सुर्यको राशी परिवर्तनले यस राशी हुनेहरुका लागि राज्यक्षेत्रमा लाभ , कर्यक्षेत्रमा लाभ , नोकरीमा लाभ तथा अन्य थुप्रै क्षेत्रमा लाभ तथा सफलता मिल्ने देखिन्छ। साथै सरकारी रोजगारीमा लागेकाहरुको लागि पदोन्नति समेत हुन सक्ने देखिन्छ।

धनु राशी

धनु राशी हुनेहरुका लागि सुर्यको पाँचौं भावको प्रवेशले सन्तान , बिद्या एवम बुद्धिमा फाइदा पुर्याउने छ। साथमा लामो दुरीको यात्रा हुन सक्ने , तथा धन लाभ हुने समेत सम्भावना रहेको छ।

मकर राशी

मकर राशी हुनेहरुका लागि सुर्यले भुमि , भवन तथा पिताको तर्फबाट लाभ हुनेछ। अधुरा रहेका कार्यहरु पूर्ण भएर जानेछन। मित्र धोका हुन सक्छ सावधान रहनुपर्ने छ। तथा मुटु सम्बन्धि समस्याले सताउन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

कुम्भ राशी

कुम्भ राशी हुनेहरुका लागि सुर्यले पराक्रम वृद्धि गर्ने , धर्मकर्ममा लाभ हुने , मित्रको तर्फबाट लाभ हुने तथा नोकरीमा पदोन्नतिको योग रहने छ।

मिन राशी

मिन राशी भएकाहरुका लागि सुर्य धन तथा बाणीमा लाभ दिनसक्ने राशी साबित हुनेछ। यसका साथै गोप्य योजना प्रभावकारी ढंगमा सफल हुने , तथा विदेश यात्राका लागि समेत शुभ हुने देखिन्छ।