अफगानिस्तानमा २७ तालिवान लडाकू मारिए

जलालाबाद, अफगानिस्तान, ३० चैत । अफगानिस्तानको नान्गारहार प्रान्तमा पर्ने शिर्जाड जिल्लामा कम्तीमा २७ तालिवान लडाकूको मृत्यु भएको छ ।

 

उनीहरुले कब्जा गरेको भनिएको ठाउँबाट उनीहरुलाई हटाउने क्रममा उनीहरु मारिएको सरकारी पक्षले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

 

वक्तव्यका अनुसार लडाकूले शुक्रबार राति शिर्जाडमा आक्रमण गरेर कब्जा गरेको घोषणा गरेका थिए ।

 

घटनामा परी अरु दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीले जानकारी दिएका छन्।उनीहरुले सुरक्षाकर्मीतर्फ पनि दुई जना मारिएको र आठ जना घाइते भएको जनाएका छन् । रासस/सिन्ह्वा