मातृभूमि क्रिकेट कप सम्पन्न


  नरेन्द्र महतारा

काठमाडौ,चैत्र ३०।धुर्मुस,सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशालाको सहयोगार्थका लागी आयोजित मातृभूमि टि-२० क्रीकेट कप सम्पन्न भएको छ।उक्त प्रतियोगितामा कलाकार-कलाकार बिच र रास्टृय टिमका टोलिबिच भब्य प्रतिस्पर्धा भएको थियो।

पहिलो खेल समुह  A टिमका कप्तान मदनकृष्ण श्रेष्ठ र समुह B टिमका कप्तान हरिबंश आचार्यको कप्तानिमा रहेको टोलिबिच भएको थियो भने दोस्रो खेल समुहAटिमका कप्तान पारस खडका र समुह B टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानिमा सम्पन्न भएको थियो।

 

पहिलो खेलको उपाधी मदनकृष्ण श्रेष्ठ कप्तानी रहेको समुह A र दोस्रो खेलको उपाधी ज्ञानेन्द्र मल्ल कप्तानी रहेको समुह B ले प्राप्त गरेका थिए।सुरुवाती चरणमा ब्याटिङ रोजेको कप्तान मदनकृष्ण श्रेष्ठको टिमले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ७६ रनको योगफल तयार पारेको थियो।

टोलिबाट राम्रो प्रदर्शन गरेका कलाकार कुमार कट्टेल(जिग्री ब्रो) ले ब्यक्तिगत २८ रन बनाएका थिए।हरिबंश आचार्यको कप्तानिमा रहेको टिम B ले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ७१ रन मात्रै बनाउन सक्यो।यस्तै दोस्रो खेलमा रास्टृय टोलिका कप्तान पारस खडका र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानिमा रहेको समुहAर B बिच प्रतिस्पर्धा भएको थियो।

 

सुरुमा ब्याटिङको निम्तो पाएको ज्ञानेन्द्र मल्लको समुह A ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४४ रनको योगफल तयार पारेको थियो।उक्त रनको लक्ष्य पाएको पारस खडकाको समुह Bले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १२० रनमा मात्रै समेटिन पुग्यो।प्रतियोगितामा बिजेता,उपबिजेतालाइ प्रमाणपत्र,ट्रफीसहित सम्मान गरिएको थियो भने उत्कृष्ट ब्याटिङ,बलिङ गर्ने खेलाडीहरुलाइ म्यान अफ द म्याच घोषित गरिएको थियो।