विप्लव नेकपाका बझाङ सचिबको घरमा प्रहरीको छापा : कटुवा पेस्तोल सहित दुई राउन्ड गोली बरामत

 बझाङ ,बैशाख १। शुक्रबार बार पक्राउ परेका विप्लव नेतृत्वको नेकपा समूहका बझाङ जिल्लाका सचिब भरत मल्लको घरमा शनिबार जिल्ला पहरी कार्यालयको टोलीले खानतलाशि गरेको छ । खानतलासिका क्रममा मल्लको घर बाट फोल्डीङ्ग वाला कटवा पेस्तोल एक थान, उत्त पेस्तोलमा लाग्ने दुई राउन्ड गोली, फोन सेट एक थान, चरेश जस्तो देखीने कालो पदार्थ, विद्युतिय तार १०.५ मिटर, र बम बनाउन प्रयोग गरिने पाईप (सकेट) एक थान बरामत गरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताउनु भयो ।

 

मल्ल माथि थप अनुसन्धान गर्दा मल्लको घरमा खानतलासि गरेको केसीको भनाई छ । सबै प्रक्रीया पुर्याएर मल्लको घरमा प्रहरीले शनिबार खानतलासि गरेको डिएसपि केसीले बताउनु भयो । राज्इ भन्दा ठुलो कोही पनि नभएको र आफुहरु राज्य र कानुनको पालना गर्ने भएका कारण कानुनको सबैले पालन गर्न आवष्यक रहेको पूहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताउनु भयो ।

 

शुक्रबार दिउसो ३ बजे तिर विथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकी बाट प्रहरीले मल्ललाई पक्राउ गरेको थियो । प्रक्राउ परेका मल्ल अहिले जिल्ला प्रहरी कार्यालकयो हिरासतमा छन् । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा विथ्थड चिर गाँउपालिका नजीकै रहेको स्याँडी प्रहरी चौकी बाट मल्ललाई प्रहरीले प्रक्राउ गरेको हो । कैलाली बाट घर आउदै छ भन्ने सुचनाका आधार मल्ललाई प्रक्राउ गरेको डिएसपि केसीको भनाई छ ।

 

मल्लले चन्दा संकलनको धम्की, ज्यान मार्ने सम्म धम्की, संघ संस्थालाई भत्तकाई दिने सम्मका धम्की दिएको आरोपमा उनलाई प्रक्राउ गरेको डिएसपि केसीले बताए । भरत मल्ल बुबा धन बहादुर मल्लका दुबै किड्नीमा समस्या भएको र उनलाई भेट्न कैलाली गएका र उनि घर फर्कीने क्रममा प्रहरीले भरत मल्ललाई पक्राउ गरेको हो । पक्राउ परेका मल्ललाई माथि थप अनुसन्धान गर्न बाँकी रहेको डिएसपि केसीको भनाई छ।