ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौ बैंक खाता राष्ट्रिय अभियान सुरु


  नरेन्द्र महतारा

काठमाडौ,बैशाख २।नेपाल सरकारले आजबाट ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौ बैंक खाता रास्टृय अभियान शुभारम्भ गरेको छ।विभिन्न बैंकहरुको सहकार्यतामा सरकारले उक्त अभियान अगाडि बढाएको हो।

 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपि शर्मा ओलिले अब सामाजिक सुरक्षा भत्ता चाँडै वृद्धि हुने र सबै स्वस्थ रहने उल्लेख गरेका छन।कुनै पनि बैंकमा आजसम्म पनि खाता नखोलेका ज्येष्ठ नागरिकहरुलाइ बैंकमा खाता खुलाएर बैंकले नै उक्त खातामा १०० रुपैया जम्मा गरिदिने भएको छ।खाता खोल्दा १०० रुपैया जम्मा गर्नुपर्ने छ भने उक्त रुपैया ब्यक्तिगत खातामै जम्मा हुनेछ।

 

 ,समृद्ध नेपाल,सुखी नेपाली,  को नारालाई सफल बनाउन यस अभियानले विशेष भुमिका खेल्ने बिश्वास गरिएको छ।कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा,स्वास्थ्यमन्त्री उपेन्द्र यादव,नेपाल रास्ट्र बैंकका गभर्नर चिरञ्जीवी ढकाल लगाएतका बिशिस्ट ब्यक्तिहरुको सहभागिता थियो।यसबाट ज्येष्ठ नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन।