आइसीसी विश्वकप छनोट : नेपालद्धारा मलेसिया ८ विकेटले पराजित

 

काठमाडौँ,वैशाख २।आइसीसी यू-१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली मलेसिया ३३ ओभर चार बलमा मात्र ९२ रनमा अलआउट भयो ।

मलेसियालाई समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिएका छन् । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।

 

मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे । यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो । सानो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १९ रनमा आउट भए ।

 

उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए ।