कृषिमा पुर्वाधारको बिकासका लागी राज्य र निजि क्षेत्रले लगानी गर्नुपर्छ : अध्यक्ष प्रचण्ड


  नरेन्द्र महतारा

काठमाडौ,बैशाख २।पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषिमा पुर्वाधारको बिकासका लागी राज्य र निजि क्षेत्रले लगानी गर्नुपर्ने बताएका छन।राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा युरोपियन युनियन प्रोजेक्ट TPSD को सहकार्यमा दुइ दिनसम्म चल्ने नेपाल कफी ब्यबसाय प्रबर्द्धन सम्मेलन २०७६ को उदघाटन सत्रमा प्रचण्डले उक्त धारणा व्यक्त गरेका हुन।

 

नेपाल कृषिप्रधान देश भएकाले यहाँ कृषि उत्पादनका धेरै सम्भावनाहरु रहेको र उत्पादित बस्तुलाइ बिश्व बजारमा लैजाने बाताबरण बनाउने हो भने देशमा समृद्धि असम्भव नभएको प्रचण्डको जिकिर छ।राज्यले कृषिमा आधुनिकीकरण,ब्यबसायिकरण,यान्तृकिकरण र औद्योगिकरण गर्दै कृषकलाई प्रोत्साहन र तालिमको ब्यबस्था गरेर निजि क्षेत्रको सहकार्यका साथ ब्यापार घाटा कम गर्न लाग्नुपर्ने र त्यसका लागी सरकार आफ्नो ठाउबाट अत्यन्तै गम्भीर भएर लागिरहेको उनले बताए।

 

 

फरक प्रसङ्गमा प्रचण्डले देशको शैक्षिक स्थिति पनि ठिक नभएकोमा दुख व्यक्त गरेका छन।झहामीले देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौ ।त्यसैको कारण लाखौ युवाहरु बिदेश पलायन भैरहेका छन,उनले भने, त्यसैले दक्ष जनशक्ति उत्पादनका लागी शिक्षामा सुधार आवश्यक छ। यत्ती गर्न सकियो भने अबको दश बर्षपछि भाबि पुस्ताको भाग्य फेरिने र देशले समृद्धिको यात्रा तय गर्नेमा आफु बिश्वस्त रहेको पनि उनले उल्लेख गरे।

 

त्यस्तै कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले स्वास्थ्यको लागी र पुजीको लागी कफी उत्पादन आवश्यक भएको र यसले प्रशस्त मात्रामा रोजगारीको सृजना गर्ने बताएकि छन।मानिसले पानी र चिया जति पिउछन त्यत्तिकै मात्रामा कफी पिउने गरेको अध्ययनले देखाएको छ।

 

पछिल्लो समय नेपालमा कफी उत्पादनका लागी जोड दिइएको र त्यसको प्रबर्द्धनका लागी बजार ब्यबस्थापन पनि भैरहेका छन।हालसम्मको अध्ययनले नेपालमा  ,अरेबिका, जातको कफी नै बढी उत्पादन भैरहेको जनाएको छ।कफी उत्पादनले पर्यटकहरु आकर्षित हुने र यसले देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने पनि अपेक्षा गरिएको उनले बताइन ।कफी उत्पादनबाट आगामी २०२० मा हुने ,नेपाल पर्यटन बर्ष ,मा झन्डै २ करोड पर्यटक भित्र्याउने लक्ष्यसमेत राखिएको छ।

 

 

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका प्रबक्ता दिपक कुमाल,नेपाल चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल,रास्टृय चिया तथा कफी बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम,बदृप्रसाद बस्ताकोटी लगायतले कृषिमा आधुनिकीकरण गर्दै अगाडि बढन सरकासंग माग गरेका छन।दुइ दिनसम्म चल्ने सम्मेलन भोली टेक्निकल सेसनसहित समापन हुनेछ।