पार्टीभित्र एकता जरुरी : सभापति देउवा

भीमदत्तनगर, वैशाख ३। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ ।

 

नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताउनुभयो ।

 

“पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उहाँले भन्नुभयो । आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उहाँले दाबी गर्नुभयो ।रासस,