सुत्केरीको ज्यान नेपाली सेनाका जवानले रगत दिएर बचाए

 बझाङ,बैशाख ४।बझाङ जिल्लामा १८ बर्षिया सुत्केरीको ज्यान नेपाली सेनाले रगत दिएर बचाएका छन् । मंगलबार सुत्केरी भएकी तल्कोट गाँउपालिका वडा नम्बर ७ की १८ बर्षिया पुजा विष्टको ज्यान सग्राम सार्दुल गुल्म पानकोटका तिन जना नेपाली सेनाका जवानले रगत दिएर बचाएको जिल्ला अस्पताका डाक्टर सन्दीप ओखेडाले बताए । धमेना घर भएकी विष्ट मंगलबार सुत्केरी भए पछि उहाँको साल अड्कीएको र धेरै रगत बगेर जिल्ला अस्पतालमा पुर्याए पछि बुधबार दिउसो उनलाई रगत दिएर बचाएको हो । रगत दिनेमा नेपाल आर्मीका ज्ञान बहादुर तामाङ, भुवनसिहँ घर्तिमगर र सागर जप्रेल रहेको सग्राम सार्दुल गुल्म पानकोटका  व्यारेकका सेनानी केदार प्रसाद लामिछानेले बताउनु भयो ।

 

सुत्केरी भएकी विष्टको अवस्था निकै गम्भिर रहेको जिल्ला अस्पतालका डाक्टर ओखेडाको भनाई छ । उमेर नपुग्दै विवाह गरि सन्तान पाएका कारण यस्तो अवस्था भएको डाक्टर ओखेडाले बताए । उनले भने समयमा नै स्वास्थ्य संस्थामा नपुर्यार्एको भए जे पनि हुन सक्थ्यो र समयमा नै रगत पाईएका कारण सुत्केरी विष्टको ज्यान बाँचेको हो । सामान्यतया मानिसमा १२ देखी १८ ग्राम प्रतिशत रगतको आवस्यक हुन्छ तर विष्टको शरिरमा ५ ग्राम प्रतिशत मात्र रहेको र उनलाई तिन पोका रगत दिएर ज्यान बचाएको जिल्ला अस्पतालका ल्याब टेक्निसीयन विजय राजबंशिले बताए ।

 

बाल्यकालमा नै अभिभावकको मनजुरी विना बाल विवाह गर्ने प्रचलन बझाङमा बढ्दो मात्रामा रहेको छ । २० बर्ष उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउने आफ्नो गाँउ धमेनामा मात्रै २०।२५ भन्दा बढी रहेको पुजा विष्टका ससुरा गोर्या विष्टले बताए । उनले भने छोरालाई विवाह नगर भन्दा नमाने पछि हाम्रो केही पनि लागेन । छोरा करन विष्ट अहिले १९ बर्षको भयो । छोराले पढाई नै छोडेर भारत तर्फ रोजगारीका लागि गएको छ । यता बुहारी दुई जिउकी भएर यस्तो अवस्था आयो हामी त डराई सकेका थियौ धन्न नेपाल आर्मीले रगत दिएर बुहारीको ज्यान बाचाई दियो । नेपाल आर्मीलाई धन्य छ ।

 

 

उमेर नपुग्दै विवाह गर्दा धेरै जस्तो महिलाहरुको ज्यान नै जोखीममा पर्ने गरेको छ । विष्ट एउटा उदाहरण पात्र मात्रै भए पनि यस्ता समस्या बझाङ जिल्लामा धेरै रहेको जिल्ला अस्पतालकी ईन्डोर ईन्चार्ज लक्ष्मि शाहीले बताईन् । जिल्ला अस्पतालको तथ्याङ्क हेर्दा २०७५ साउन महिना देखी चैत सम्ममा ६८ जना किशोरीले उमेर नपुग्दै बच्चा जन्माएको बताईन् ।

ब्लोड बैङक नहुँदा समस्या

जिल्ला अस्पतालमा ब्लोड बैङ नहुँदा समस्या हुने गरेको छ । समयमा नै रगत नपाईने हो भने यहाँका धेरै जस्तो ब्याक्तीहरुको ज्यान जान सक्ने प्रबल सम्भावना रहेको ल्याब टेक्निसीयन विजय राजबंशिले बताए । सानो तिना घटनामा समेत घण्टौ लगाएर रगत उपलब्ध हुने गरेको छ । जिल्ला ठुलो केही घटना घट्यो भने धेरैले ज्यान गुमान सक्ने नश्चित रहेको उहाँको भनाई छ । एक पोका रगत आवष्यक परेको खण्डमा चार पाँच घण्टा भन्दा बढी विरामीले कुर्न पर्ने हुन्छ ।

 

अहिले सम्म त धेरै जस्तो नेपाल आर्मी बाट नै हामीले सहयोग पाईराखेका छौ र धेरैको ज्यान समेत बचेको छ । अहिले तत्काल नै रगत निकालेर दिने गरेको बताउदै उनले भने जिल्लामा कुनै दैविक प्रकोप वा केही घटना घट्ने हो भने रगत अभावमा धेरैले ज्यान गुमाउन सक्ने बताए ।

 

यसका लागि सरोकारवाल निकाएकाले ध्यान समयमा नै दिन पर्ने र समयमा नै जिल्लामा ब्लड बैङ्क संचालनमा ल्याउन आवस्यक रहेको उहाँको भनाई छ । केही समय अघि मात्रै जिल्लामा नै एक महिलालाई जिल्ला अस्पतालका कर्मचारी लगायतहरु मिलेर ११ पोका रगत चढाएको बताउदै डाक्टर सन्दिप ओखेडाले जिल्ला अस्पतालमा नै ब्लोड बैङ्क संचालनमा ल्याउन र यसका सरोकारवाला निकायले आवस्यक पहल गर्न जरुरी रहेको बताए । यसका लागि आफुहरु समेत लागि परेको उहाँको भनाई छ ।