आज मिति २०७६ साल बैशाख ५ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो हुँनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुलेनै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाई लेखाई बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

दाजुभाई तथा छिमेकिहरु सँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्निबिच अबिश्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा समयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

अन्य काममा व्यास्त हुँदा पठन पाठनमा आजको दिन खासै मन जाने छैन । स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसाय बाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ, पानि तथा पानि सँग सम्बन्धित व्यावसायमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुँनेछ ।

धनु  ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

सरकारि कामकाजमा ढिला सुस्ति हुँने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच घर सल्लाह नमिल्न सक्छ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ योजना बनाएर सार्वजनिक गरि लागु गराउँन सकिनेछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

व्यापार व्यावसायमा अलि बढि समय दिनसके आम्दानि बढाउँन सकिनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । अन्य काममा व्यास्त हुँदा अध्ययन अध्यापनको पाटो कमजोर रहनेछ । चेलि तथा माईति बिचको सम्बन्धमा दुरि बढ्ने योग रहेकोछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुँनेछ भने कस्ले के गर्ने भन्ने बिवाद सिर्जना हुँनेछ । खानपान तथा बाताबरणको ध्यान नदिय स्वास्थ्य सम्बन्धि समस्याले सताउँने देखिन्छ । व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नु अगिनै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुँन सक्छ । व्यावसायमा मनमुटाब सिर्जना भई साझेदारहरु बिच फाटो हुँन सक्छ ध्यान दिनुहोला ।