नेपालको शिक्षामा सुधार आवश्यक  

   नरेन्द्र महतारा-

काठमाडाै,बैशाख ५।   नेपालको शैक्षिक स्थितिमा सुधार आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन।बुधबार रिपोर्ट्स क्लब नेपालको बिद्यार्थी भर्ना अभियान साक्षात्कार कार्यक्रममा बोल्दै हिसानका अध्यक्ष रमेशकुमार सिलवालले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताएका छन।

 

अबको यो समय भर्ना अभियानको भएकाले विशेषगरी सरकारी बिद्यालयमा बिद्यार्थीको भर्ना संख्यामा वृद्धि गर्न सबै लाग्नुपर्नेमा उनको जोड छ।भर्ना गर्ने नाममा कतिपय बिधालयले तोकिएको शुल्कभन्दा अत्याधिक शुल्क लिएर भर्ना गरेको बिगतका बर्षहरुमा पाइएको छ।

उनले भने अब त्यस्तो नहोस।बाध्यात्मक रुपले शुल्क उठाउने काम सधैका लागी बन्द गर्न पनि उनको माग छ।सरकारले निजि बिधालयलाइ निलम्बित गर्ने कुरामा उहाको आपती रहेको छ।सरकारले निजिलाइ निलम्बित गर्ने होइन बरु नियमन गर्दै सरकारी बिधालयले निजिसंग प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढनुपर्ने सुझाव पेश गरेका छन।त्यस्तै न्यासनल प्याबसनका अध्यक्ष ऋतुराज सापकोटाले नेपालको शिक्षा प्रणाली दिनानुदिन खस्किदै गैरहेको बताएका छन।

 

एकातिर सरकारीभन्दा निजि बिधालयको संख्या धेरै भएकाले त्यहा काम गर्ने शिक्षकहरुको पारिश्रमिक निकै नै कम हुने गरेको र अर्कोतिर सरकारी बिधालयको गुणस्तरमा ह्रास आएको पनि उनको भनाइ छ।त्यस्तै अभिभावक संघका संयोजक सुप्रभात भण्डारीले बिधालयको शिक्षामा सुधार ल्याउन अभिभावकको पनि उत्तिकै भुमिका रहेको बताएका छन।समग्रमा नेपालको शिक्षा प्रणाली हिजोभन्दा आज निकै नै खस्किदै गएको कुरा अध्ययनले देखाएको छ।