धर्म निरपेक्षता खारेजका लागी जनता संघर्षमा उत्रिनुपर्छ : अध्यक्ष थापा

   नरेन्द्र महतारा

काठमाडाै,बैशाख ६ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता खारेजिकाे लागी जनता संघर्षमा उत्रिनुपर्ने बताएका छन।बिहिवार रिपोर्टस क्लब नेपालको समसामयिक साक्षात्कारमा उनले उक्त कुरा उल्लेख गरेका हुन।

 

नेपालमा धर्मनिरपेक्षता नेपाली जनताले स्वीकार नगरेको तर बिदेशी शक्तिहरुको रहोवरमा आएकोले राप्रपाले यसको सधै बिरोध गर्ने पनि उनले जनाए।हिजो एमाले,माओवादी र काङ्ग्रेस पार्टीहरु सगँ धर्म निरपेक्षतामा नजाने सहमति भएकाे थियाे , तर आज बिदेशी षड्यन्त्रमा फसेर जबर्जस्त नै धर्म निरपेक्षता स्विकार गरेको भन्दै उनले कडा आलोचना समेत गरेका छन्।नेपालको संविधानले नै धर्म निरपेक्षताको परिभाषा पुर्ण रुपमा गलत दिएकोले यसलाइ तत्काल सच्याउन पनि उनले आग्रह गरे  ।

 

सनातन हिन्दु धर्म नेपाली जनताको आधार,राष्ट्रिय एकता र परिवर्तनको धर्म भएकाले यसलाई बचाइराख्न सबै नेपाली लाग्नुपर्ने कुरामा गम्भिर बन्नु पर्छ भने उनको माग छ।यसमा थप्दै उनले भने यसको तात्पर्य अरु धर्मको आवश्यक छैन भन्ने पनि होइन हामी सबै धर्मलाई उत्तिकै महत्त्व दिन्छौ।आन्दोलनका क्रममा सरकारले गरेको लट्ठि चार्ज र पक्राउको घोर निन्दा गर्दै यसका बिरुद्धमा सशक्त भएर लाग्ने उनले चेतावनी पनि दिएका छन।

 

देशको मुल कानुन संविधान भएकाले संविधान र संबैधानिक निकायसंग सहकार्य गर्दै राप्रपा अघि बढ्ने उनको धारणा छ।नेपाल अहिले भ्रष्टाचारको दलदलमा फसेकाले अब लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिने खतरा रहेकोले समयमै सबै सचेत रहन थापाले आग्रह गरेका छन्।

 

पछिल्लो समय सरकारले भ्रस्टाचारका मुद्दामा धेरै राम्रो काम नगरे पनि छानबिनसम्म गर्ने आट गरेकोमा सरकारलाइ उनले प्रशंसा गरेका छन।धर्म निरपेक्षताको विरुद्धमा आज राप्रपाले धर्म निरपेक्षता जलाउने बिरोध आन्दोलन गर्ने भएको छ।यसका लागी सबैमा उनले उपस्थितिको लागी आग्रह गरेका छन।