स्वाभिमानका पहाडहरू
एक थरी छन्–
बिलासितामा पौडनेहरू
जो सधैँ भव्यमहलको सपना देख्छन् !
अर्का थरी छन्–
वागी बाटो हिँड्नेहरू
जो सधँै अवरोधको कुरा गर्छन् !
अझ अर्का थरी पनि छन्–
सदावहार भुइँमान्छेहरू
न ती सपनाका कुरा गर्छन्
न ती हकदावीका कुरा गर्छन् !
यिनीहरू घामसँगै ब्यूँझन्छन्
र आफ्नै विश्वासका टाँगाहरूमा
पसिना निचोरेर सुकाउँछन् ।
देश बाँचेमात्र
आपूm बाँचेको ठान्नेहरूको दुखाइ
प्रसव पीडाभन्दा अझ गहिरो छ
यी स्वाभिमानका पहाडहरू
मुस्कुराइरहेछन्–श्रमका आफ्नै थुङ्गाहरूमा
धराको लम्बे आयुसँगै ।