काठमाडौ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बिच सेवा सञ्चालन तथा ब्यबस्थापनका लागी सम्झौता पत्रमा हस्ताक्षर

 नरेन्द्र महतारा 

काठमाडौ,बैशाख १५।  काठमाडौ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बिच  एम्बुलेन्स सेवा अस्पताल पुर्व आकस्मिक स्वास्थ्य सेवा सञ्चालन तथा ब्यबस्थापनका लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यबिच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

 

उचित समयमा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध नहुदा काठमाडौ महानगरपालिकामा बसोबास गर्ने धेरैले अकालमा नै ज्यान गुमाउनु पर्ने तथा अंगभंग हुने, सम्भावित जोखिमलाइ न्यूनीकरण गर्दै आकस्मिक सेवामा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी सहितको पुर्ण प्रविधि जडान भएको एम्बुलेन्स सेवाद्वारा अत्यावश्यक स्वास्थ्य सेवा सुरु गरि उपचार गर्दै अस्पताल पुर्याउने उद्देश्यले नेपाल एम्बुलेन्स सेवासँग यो उक्त सम्झौता गरिएको हो।

 

प्राकृतिक वा अप्राकृतिक प्रकोप,दुर्घटना,बिशेष प्राकृतिक रोग समेतबाट पीडित घाइते वा रोगिहरुलाइ परेको जोखिमबाट बचाउन निजहरु रहेको स्थान वा घटनास्थलमा नै अस्पताल पुर्व आकस्मिक सेवा(Pre Hospital Care) का लागी एम्बुलेन्स सेवा पुर्याइ तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी मार्फत आवश्यक्ताअनुसार पुर्ण प्रविधिको स्वास्थ्य सेवायुक्त एम्बुलेन्स प्रवेश हुनासाथ उपचार सुरु गरि सुरक्षित रुपमा इच्छाइएको/उपयुुक्त नजिकको स्वास्थ्य संस्थामा पुर्याइ सम्भावित ज्यान जोखिमको खतराबाट बचाउन उच्चतम प्रयास गर्ने उद्देश्यले संयुक्त ब्यबस्थापनमा सेवा सुसञ्चालन गर्न दुवै पक्ष सहमती भएपछी यो सम्झौता गरिएको हो।

 

काठमाडौ महानगरपालिकाले अहिले प्रती एम्बुलेन्स करिब रु.१,२०,०००।०० (अक्षरमा रु.एक लाख बिस हजार रुपैया) का दरले नेपाल एम्बुलेन्स सेवालाइ दिनेछ। संयुक्त ब्यबस्थापनमा सञ्चालित एम्बुलेन्सको दाँया बाँया भागमा “काठमाडौ महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” भनी नेपाली भाषा र रञ्जना लिपिमा उल्लेख गरिएको छ।साथै एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धि कार्यका लागी प्रयोगमा आउने सम्पुर्ण कागजात,बिल,भरपाइ,वेबसाईट समेतमा “काठमाडौ महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” भनी लेखिएको छ।

 

त्यसैगरी सम्झौतासँगै ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तिलाइ नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्नेछ।विपन्न,गरिब र बेसहारा ब्यक्तिहरुलाइ नि;शुल्क सेवा प्रवाह गर्न काठमाडौ महानगरपालिका (वडा कार्यालय समेत) को सिफारिस हुनुपर्नेछ।सम्झौताको म्याद सम्झौता भएको मितिले ५ वर्षको लागी लागु गरिने पनि सम्झौतामा उल्लेख गरिएको छ।