राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडौँ, बैशाख १७ । सशत्र प्रहरी बल (एपीएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

 

लगनखेलस्थित आर्मी कर्भडहलमा आज भएको फाइलन भिडन्तमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै एपीएफले रु दुई लाख प्राप्त ग¥यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले रु एक लाख पायो । फाइनल खेलमा एपीएफले आर्मीलाई पहिलो सेट २५–२४, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले पराजित ग¥यो ।

 

यसै महीना नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भलिबल प्रतियोगितमा पनि एपीएफले उपाधि जितेको थियो । त्यसैगरी प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी तेस्रो स्थानमा रहयो । न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहेको हो ।

 

न्यू डायमण्डले पुलिसलाई २५–२२, २५–१८ र २५–२२ को सेटमा पराजित गरेको हो । तेस्रो भएको न्यू डायमण्डले रु ५० हजार प्राप्त ग¥यो । प्रतियोगितामा एपीएफकी स्पाइकर सरस्वती चौधरी सर्वोकृष्ट खेलाडी चुनिइन । उपाधिसहित उनले रु १५ हजार र ट्रफी प्राप्त गरिन् ।

 

त्यसैगरी न्यू डायमण्ड एकेडमीकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर, एपीएफकी कप्तान विनिता बुढाथोकी उत्कृष्ट लिफ्टर, एपीएफकी मनिषा तामाङ उत्कृष्ट डिफेन्ड, आर्मीकी सुनिता खड्का उत्कृष्ट क्वीकर र आर्मीकी सोफिया पुन उत्कृष्ट सर्भर घोािषत भए ।

 

त्यसैगरी उत्कृष्ट प्रशिक्षकको उपाधि भने एपीएफका पुष्प मल्लले पाउनुभयो । विधागततर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही रु पाँच हजारका साथै ट्रफी प्राप्त गरे । प्रतियोगितामा आर्मीकी निरुता ठगुन्ना शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित भइन् । उनले रु १५ हजार प्राप्त गरिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न छ टोलीले प्रतिस्पर्धा गरेका थिए ।रासस