कर्णाली कला संस्कृति समाजको साताै साहित्यिक श्रृंखला कर्णाली गुञ्जन’एवम विमाेचन कार्यक्रम सम्पन्न

कर्णाली कला संस्कृति समाजको साताै साहित्यिक श्रृंखला ‘कर्णाली गुञ्जन’एवम विमाेचन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

 

स्रष्टाहरुको आवाज कर्णाली गुञ्जन त्रैमासिक विमोचन कर्णाली गुञ्जनको सातौ शृङ्खला आज बिमोचित भएको छ।राजधानीमा आयोजित एक कार्यक्रममा कर्णाली कला संस्कृति समाजको आयोजनामा स्रष्टाहरुको आवाज कर्णाली गुञ्जन बिमोचन गरिएको हो।

 

उक्त कर्णाली गुञ्जनको २ वर्ष पुरा भएको छ।कर्णालीका आवाजहरुलाइ पुस्तकमार्फत प्रस्तुत गर्ने उद्देश्यका साथ उक्त पुस्तक बजारमा आएको हो।त्यस क्षेत्रमा बोलिने भाषाहरु,रहनसहन ,कलासंस्कृती र परिवेशलाइ आधार बनाएर तिनलाइ प्रचारप्रसार गराउने कुरा उल्लेख गरिएको छ।

 

 कर्णाली गुञ्जनको  साताै श्रृंखला समापन गर्दै प्रतिष्ठानका अध्यक्ष निर्मोही संकल्पले कर्णाली गुञ्जन आगामी महिनामा पनि निरन्तर चलिरहने र हरेक श्रृंखलाहरुमा कर्णालीका श्रष्टालाई प्राथमिकतामा राख्ने बताउनु भयो ।