क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ को भेला आज दाङमा हुँदै

 

दाङ,बैशाख २७ । क्रान्तिकारी पत्रकार महासंघको प्रदेश ५ को भेला आज शुक्रबार दाङमा हुने भएको छ । भेलाको सम्पूर्ण तयारी पुरा भएको क्रान्तिकारी पत्रकार महासंघ प्रदेश पांचका संयोजक दामोदर खनालले बताए ।

 

भेला आज शुक्रबार दाङको घोराहीमा हुने छ । भेलामा प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने छ । भेलाले नयाँ नेतृत्व चयन गर्ने छ ।

 

भेलाले प्रदेश ५ का मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउने देखि विभिन्न संघर्षका कार्यक्रमहरु पनि तय गर्ने छ ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंको भेला जेठ १० गते हुने जिल्ला संयोजक सागर श्रेष्ठले बताए । भेलाका लागि सागर श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक कमिटि गठन गरिएको छ ।

 

त्यसैगरी प्रदेश ३ को वैठकले रामेछापका विजय पोख्रेललाई प्रदेश सदस्यमा थप गरेको प्रदेश संयोजक रनसुर महताराले बताए ।

 

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ प्रदेश १ को वैठक २९ गते विराटनगरमा  बस्ने भएको छ । प्रदेश १ का संयोजक मधुकर थापाका अनुसार वैठक पछि मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि श्रमजीवि पत्रकारहरुको पक्षमा विभिन्न संघर्षका कार्यक्रमलाई अगाडि बढाउने छ ।

 

क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला जेठ १६ र १७ गते बुटवलमा हुने भएपछि त्यसको व्यापक तयारी समेत भईरहेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले बताए ।