क्रान्तिकारी माओवादी र (विप्लव) नेकपा,निकट दुइ विद्यार्थी संगठनले त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी

काठमाडौँ वैशाख ३०, नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल क्रान्तिकारी  र(विप्लव) नेकपा निकटअखिल क्रान्तिकारी विद्यार्थी संगठनले  त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

 

त्रिभुवन विश्वविद्यालय कमिटिले आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेका छन । खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै अखिल क्रान्तिकारीका विद्यार्थीहरूले तालाबन्दी गरेका छन ।

त्रिभुवन विश्वविद्यालय  सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताहरुका नातेदार आफन्तहरूलाई भर्ति गरेको भन्दै ताला बन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

 

सेवा आयोगको नतिजा वैशाख १३ गते सार्वजनिक गरिएको भएको थियो ।

हेर्नुहोस विज्ञप्ति